समाजवादी मोर्चाका घटकसँग मोर्चाको पुनर्गठनबारे प्रधानमन्त्रीको छलफल

समाजवादी मोर्चाका घटकसँग मोर्चाको पुनर्गठनबारे प्रधानमन्त्रीको छलफल
+
-

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चाको पुनर्गठनबारे समाजवादी घटक दलहरूसँग छलफल गरेका छन्।

बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीसँग प्रधानमन्त्री दाहालले छलफल गरेका हुन्।

बैठकपछि जानकारी गराउँदै प्रधानमन्त्री दाहालका स्वकीय सचिव एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रमेश मल्लले समाजवादी मोर्चाको पुनर्गठनका विषयमा छलफल केन्द्रित भएको बताए।

उनले समाजवादी मोर्चामा पहिला ४ वटा पार्टी भए पनि जनता समाजवादी पार्टी, नेपाल छुट्टिएपछि बैठक बस्न नसकेको र अहिले घटकका तीन दल र महिन्द्र राय यादव नेतृत्वको नेपाल समँजवादी पार्टी मिसिएको बताए। उनले बैठकमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गरेको र नेताहरूले पनि आफ्ना धारणा राख्ने काम भएको स्वकीय सचिव मल्लले बताए। उनले नेताहरूले आफ्नो ठाउँबाट अर्को बैठकसम्म समाजवादी मोर्चामा रहने राजनीतिक दलहरूको टुंगो लगाउने र छिटै बैठक बस्ने जानकारी दिएको पनि बताए।

उनले भने, ‘आज समाजवादी मोर्चाको पुनर्गठनका विषयमा छलफल भयो। समाजवादी मोर्चाको बीचमा छलफल हुन सकेको थिएन। समाजवादी मोर्चामा पहिला ४ वटा पार्टी थियो। यो बीचमा जसमा विभाजन भयो। विभाजनपछि बैठक बसेको थिएन। त्यसले गर्दा समाजवादी मोर्चाको पुनःगठनको प्रारम्भिक छलफल भयो। त्यसमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव पनि सहभागी हुनुभयो। पहिला भएका घटकसँग पनि छलफल भइरहेको छ। समाजवादी मोर्चाको पुनःगठनको प्रारम्भिक छलफल हो। सम्माननीय प्रधानमन्त्रीज्युले पछिल्लो राजनीतिक परिस्थितिको बारेमा ब्रिफिङ गर्नुभयो। अहिलेको परिस्थितिको बारेमा पहिला ब्रिफिङ गर्नुभयो, त्यसपछि अरु दलका नेताले पनि धारणा राख्नुभयो। नेताहरूले आफ्नो ठाउँमा एक्सरसाइज गरेर अर्को मिटिङसम्म घटक सदस्यहरू पनि टुंग्याएर फेरि बस्नेछौँ।’

बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?