
अ
+
अ
अ
-
वीरगञ्ज- वीरगञ्जबाट काठमाडौंका लागि छुटेको बसमा २४ जना सवार थिए ।
वीरगञ्जबाट छुटेको प्रदेश नम्बर ३ ००६ ख १५१६ एन्जल बसमा चालक, सहचालकसहित २४ जना यात्रु सवार बस शुक्रबार बिहान पहिरो खसेर त्रिशुली नदीमा बेपत्ता भएको हो।
बसमा सात जना भारतीय नागरिक सवार थिए भने अरु पर्सा, बारा जिल्लाका रहेका बताइएको छ।
बेपत्ताहरूको नामवलीः
बसका चालक- जवाहिर महतो बिरगंज-१६ नगवा
कन्डक्टर- राजकुमार लामिछाने केसी (राजेन्द्र)
बसका यात्रुहरूः प्रकाश पटेल- वीरगञ्ज-१४ पिपरा, अन्सारीजी- भारत, सन्तोष ठाकुर भारत, आबिद मियाँ- भारत, सहनवाज – भारत, सुनिल साह – भारत, हरेन्द्र पण्डित बिरगंज -नगवा, प्रमानन्द पण्डित बिशरामपुर गाउँपालिका मुसहरवा – बारा, बिधानारायण राउत जमुनिया, सलिम मियाँ – रगुनाथपुर, रयफुल आलम कटेया- बारा, सुजित जी बहुदरमाइ नगरपालिका-८ रामनगरी।