
काठमाडौँ – भुटानी शरणार्थीलगायत नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भुटानी शरणार्थी प्रकरणमा फरारहरु पक्राउ पर्न थालेपछि काँग्रेस–एमाले सहकार्यमा जुटेको आरोप लगाएका छन्।
शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको पक्षमा बोल्दै उनले सरकारले सुशासनको पक्षमा दृढतापूर्वक काम गर्न थालेपछि कांग्रेस–एमालेले नयाँ समीकरण बनाएको आरोप लगाए।
प्रमुख सचेतक पाण्डेले ललिता निवास, सुन तस्करी, भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु पक्राउ पर्न थालेपछि काँग्रेस एमालेले आफ्नाहरुलाई बचाउन नयाँ सत्ता सहकार्यका हात अघि बढाएको जिकिर गरे।
उनले दाहाल नेतृत्वको सरकारले सुशासनको पक्षमा, जनताको पक्षमा काम गरेको दावी समेत गरे।
प्रमुख सचेतक पाण्डेले भने, ‘खासगरी सरकारले सुरु देखिनै सुशासन, समृद्धि र सामाजिक न्यायको लागि आफ्नो योजना प्रश्तुत ग¥यो। जतिखेर पनि यो सदनमा राख्ने काम गर्यो। सम्माननीय प्रधानमन्त्रीज्युले संसदमा नयाँ अभ्यास पनि अघि बढाउनु भयो हरेक महिनाको पहिलो हप्ता सांसदहरुको प्रश्नको जवाफ दिने। वा सरकारले गरेको कामहरु हुन। फेरी पनि अहिलेको यो अवस्था किन आयो रु यसको बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले यसका बारेमा विस्तृत कुरा राखिसक्नु भएको छ। फेरि पनि मलाई के लाग्छ भने जब भुटानी शरणार्थीको कुरा होस, अथवा ललिता निवासको कुरा होस्। सुन तस्करीको कुरा होस्। खासगरी सुशासनसँग सम्बन्धित कुरा सरकारले दृढताका साथ अगाडि बढाउन थाल्यो। बेचेन झाहरुको जव गिरफतारी हुन थाल्यो। त्यसपछि वास्तवमा यो प्रक्रिया अघि बढ्न थाल्यो भन्ने मलाई लाग्छ।’
प्रमुख सचेतक पाण्डेले सरकारले जनताको पीडा बुझनका लागि पनि सकेको काम गरेको बताए।