
वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिकाका एक वडाध्यक्षसहित ६ जनालाई अदालतले एक महिना कैद र एक हजार जरिवाना गरेको छ। जिल्ला अदालत बाराले उपमहानगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष सुनिल गुप्तालाई एक महिना कैद र एक हजार जरिवाना गरेको हो।
अदालतले आपराधिक उपद्रव मुदाको शुक्रबार सुनुवाई गर्दै न्यायधिश तारदेबी महर्जनको ईजलाशले वडाध्यक्ष गुप्तासहित सहित ६ जनालाई जनही एक महिना कैद र जरिवाना तोकेको हो।
वडाध्यक्ष गुप्तासहित नगर उधोग बाणिज्य सँघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता,सुनिल साह कानु भनिने सुनिल साह,वडाध्यक्षका दाई अनिल गुप्ता,वडा अध्यक्षसँग रहने सुरेश राउत अहिर भनिने सुरेश यादब र वडा कार्यालयमा कार्यरत रामजी साहलाई अदालतले दोषी ठहर गर्दै कैद र जरिवाना गरेको हो।
यसअघि गत असार १९ गते न्यायधिश महर्जनकै ईजलाशले उक्त मुदामा वडाध्यक्षसहित ६ जनालाई नै मुलुकी अपराध संहिता, २०७४ को दफा २८५(१) र (२) ((ख)बमोजिमको कसुर गरेको ठहर गरेको थियो। वडाध्यक्षसहित ६ जनालाई प्रतिबादी बनाई सोही वडाका राजुराज गिरीले ०८० साल जेठ १७ गते अदालतमा मुदा दर्ता गराएका थिए। ०७९ सालको निर्बाचनमा गिरी वडाध्यक्ष गुप्तासहित वडाध्यक्षमा पराजित भएका थिए।