वर्तमान समयानकूलको पर्यटन नीति बनाउँछुः पर्यटनमन्त्री पाण्डे

वर्तमान समयानकूलको पर्यटन नीति बनाउँछुः पर्यटनमन्त्री पाण्डे
+
-

काठमाडौँ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समयअनकूलको पर्यटन नीति बनाउने बताएका छन्।
सोमवार मन्त्रालयको पदबहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए।

उनले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिनेगरी कार्यगत शर्त तोकिएको बताए। उनले निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने बताए।

उनले जनताले भ्रष्टाचारको न्युनिकरण गरीसुशासनको प्रत्याभुति खोजिरहेको बताए। उनले युवाहरु देशभित्र भविष्य खोज्ने चिन्तामा रहेको भन्दैसबैको चिन्ता कम गर्ने दिशामा सरकारले काम गर्ने बताए। उनले ठूलो लगानी गर्ने वातावरण बनाउनसके मात्रै पर्यटकहरु मुलुकभित्र आउने बताए।

उनले भने,‘निष्ठा र इमानको राजनीतिलाई कुनैपनि किसिमको कुनै पनि कलंक नलाग्ने किसिमले देश र पर्यटनमन्त्रालयको सेवा गर्न चाहन्छु। जनताले भ्रष्टाचारको न्युनिकरण खोजिरहेका छन्। सुशासनको प्रत्याभुति खोजिरहेका छन्। युवाहरु देशभित्र भविष्य खोज्ने चिन्तामा रहेका छन्। सबैको चिन्ता कम गर्ने दिशामा सरकार जानुपर्नेछ। ठूलो लगानी गर्ने वातावरण बनाउनसके मात्रै पर्यटकहरु मुलुकभित्र आउन सक्छन्। हाम्रा इन्जिनहरुलाई ठिक ठाक बनाएर सर्भिसिङ गर्नुपर्छ। नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउनुपर्ने छ। पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्नेगरी मुलुकमा नै बस्ने बनाउने गरी सिर्जनशिल र रचनात्मक रुपमा काम गर्नेछ। पर्यटन नीति सुधार गर्नेगरी कार्यदल गठन गर्नेगरी परिर्माजन गर्नेछौं।’

उनले नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटक भित्र्याउने अवसर रहेको भन्दै आगामी दिनमा सोहीअनुसार काम गर्ने बताए। उनले पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्नेगरी सिर्जनशिल र रचनात्मक रुपमा काम गर्ने बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?