
अ
+
अ
अ
-
वीरगञ्ज- कुटपिट गरी महिलाको हत्या गरेको आरोप लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको पकहामैनपुर गाउँपालिका- ४ धोबियाटोल बस्ने ४० वर्षीय समसोदिन मिया रहेका छन्।
पक्राउ परेका उनले ०७६ असोज २९ गते धोविया टोलस्थित नसुरदिन मियाको घरमा सोरियम खातुनलाई कुटपिट गरी हत्या गरेको आरोप छ। आरोप लागेसँगै उनी फरार रहेका थिए।
मियाँलाई लुकिछिपी बस्दै आएको अवस्थामा उनकै गाउँघरबाट पक्राउ गरी ज्यान सम्बन्धी कसुर मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।