जापान पठाइदिन्छु भनेर ८० लाख ठगी

जापान पठाइदिन्छु भनेर ८० लाख ठगी
+
-

पोखरा – सामाजिक सञ्जालबाट चिनजान गरेर जापन पढाइदिने भन्दैै ठगी गर्ने महिला पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय तनहुँले मंगलबार तनहुँको व्यास नगरपालिका–१२ कमलबारीबाट ३८ वर्षीया मनुमाया थापालाई पक्राउ गरेको हो।

पारिवारीक भिषामा जापान पठाइदिने प्रलोभन देखाएर ठगी गरेकोे जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी दीपककुमार रायले बताए। ‘सामाजिक सञ्जालबाटै भिषा लगाइदिन्छु भनेर ठग्ने गरेकोे उजुरीको आधारमा पक्राउ गरेका छौंं’, उनले भने।

तनहुँको भीमाद नगरपालिका–५ घर भइ हाल कास्कीको पोखरा महानगरपालिका–१ बगर बस्ने रुपसरा रानालाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर ७९ लाख ९७७ हजार ९९९ रुपैयाँ ठगेको भन्दै प्रहरीमा उजुरी परेकोे हो। विभिन्न बैंक खातामार्फत मनुमायाले पैसा जम्मा गर्न लगाएकी थिइन्।

मनुमायाबाट ४ लाख ८० हजार रुपैयाँ बरामद गरेको डिएसपी रायले बताए। उनका अनुसार ७ वटा बैंकको चेकबुक बरामद गरिएको छ।

ठगी सम्बन्धि मुद्वामा जिल्ला अदालत तनहुँबाट म्याद थपेर अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानले ठगीमा मनुमायासँगै समूह नै संग्लन रहेको प्रहरीको आशंका छ। ठगिनेको संख्या पनि बढी हुनसक्ने प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?