
काठमाडाैँ – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लामो समयपछि एसियाकपमा सहभागिता जनाउँदै छ। शुक्रबारबाट सुरु हुने एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगितामा बलिया टेस्ट टोलीसँगै एसोसिएटेडमा अब्बल प्रदर्शन गर्दै आएको युएई विरुद्ध समूहचरणमा नेपालले प्रतिस्पर्धा गर्ने छ।
विश्व क्रिकेटका शक्तिशाली भारत, पाकिस्तान र नेपालको चिरपरिचित प्रतिद्धन्दी युएइ विरुद्भ भिड्दै गर्दा समूहमा नेपाल कमजोर प्रतिद्धन्दीका रुपमा हेरिएको छ। जसरी पुरुष क्रिकेटमा नेपालले एकपछि अर्को अविश्वसनिय सफलताका कारण चर्चा बटुलेको छ। तुलनात्मक रुपमा महिला क्रिकेटमा त्यो स्तरको छलाङ मार्न सकिरहेको छैन्। तर महिला खेलाडीका लागि यो अवसर एतिहासिक रुपमा रहेको छ आफूलाई प्रमाणित गर्नका लागि।
नेपाली महिला टोलीले पहिलो पटक २०१२ मा एसियाकपमा सहभागिता जनाएको थियो। पछिल्लो पटक २०१६ मा प्रतिस्पर्धा गरेको यो इभेन्टमा त्यसयताका ८ वर्षभने प्रतीक्षामानै बित्यो। एसीसीले एसियाकपको छनोट मानिएको एसिसी प्रिमियर कपमा फाइनल पुग्ने दुई टोलीले सहभागिता जनाउँदै आएका थिए। यो पटक पनि नेपाल फाइनल पुग्न असफल हुँदा एसियाकप खेल्नबाट बञ्चित भएको थियो।
तर सुरुवातमा फाइनल पुग्ने दुई टोलीले मात्र एसियाकप खेल्ने तालिकालाई यो पटक एसिसीले परिमार्जन गर्दै सेमिफाइनलमा पराजित दुई टोलीलाई पनि एसियाकपमा स्थान दिने निर्णय गर्दा नेपाल र थाइल्यान्डको भाग्य चम्कियो। यद्यपि यो अवसरमा नेपाल सामु बलिया टिम विरुद्ध पुरै २० ओभर खेल्दै प्रतिस्पर्धामा आफूलाई बलियो देखाउनु पर्ने चुनौती रहेको छ।
एसियाकपमा नेपाल समूह ‘ए’ मा रहेर भारत, पाकिस्तान र युएईसँग समूह चरणमा भिड्दा कम्तीमा युएई र पाकिस्तानलाइ हराउँदै अघिल्लो चरण पुग्ने लक्षयमा रहेको छ। त्यस्तै, अर्को समूहमा आयोजक श्रीलंकासँगै बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन्।
हरेक समूहमा शीर्ष दुईमा रहने टिमले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगताको फाइनल २८ जुनमा हुने छ। नेपालले भोली ९१९ जुलाई० दाम्बुलामा दिउँसो २स्१५ मा खेल सुरु हैँ छ। भोलीनै नेपालको समूहमा रहेको भारत र पाकिस्तान साँझ ७स्१५ मा प्रतिस्पर्धा गर्ने छन्।
नेपालले त्यसपछि समूहचरणमै पाकिस्तानसँग २१ जुलाईमा खेल्दा समूहको अन्तिम खेल भारतसँग २३ जुलाईमा खेल्ने छ। प्रतियोगिताको सेमिफाइनल २६ जुलाइमा हुँदा फाइनल २८ मा हुने छ।
नेपाली महिला क्रिकेटका लागि यो सर्वाधिक ठूलो प्लेटफर्मका रुपमा रहेको यो प्रतियोगितामा आफूलाई अभ्यास्त बनाउन केही साता अघिनै नेपाल श्रीलंका पुगेको छ। श्रीलंकामा स्थानीय टोलीसँग अपेक्षीत प्रदर्शन गर्न नसकेको नेपाल प्रतियोगितामा विजयी सुरुवातको लक्ष्यमा रहेको छ। नेपालले श्रीलंकाको महिला विकास टोलीविरुद्ध तीन अभ्यास खेल खेल्दा २ खेलमा पराजित भयो।
नेपाली टोलीः
इन्दु बर्मा (कप्तान), सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, सम्झना खड्का, डली भट्ट, रोमा थापा, ममता चौधरी, कीर्तिका मरासिनी, राजमति ऐरी