दोस्रो ‘लक्की फिल्मी अवार्ड २०८१’ को लोगो सार्वजनिक

दोस्रो ‘लक्की फिल्मी अवार्ड २०८१’ को लोगो सार्वजनिक
+
-

काठमाडौँ- दोस्रो ‘लक्की फिल्मी अवार्ड – २०८१ ’ को लोगो राजधानी काठमाडौंमा आयोजित एक समारोहका बीच सार्वजनिक गरिएको छ।

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री सञ्चिता लुइटेल र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘ लक्की ’ ले अवार्डको लागो सार्वजनिक गरेका हुन्। 

लागो सार्वजनिक गर्दै अभिनेत्री लुइटेलले अवार्डको सफलताको शुभकामना व्यक्त गरिन्। मोफसलमा रहेर पनि रंग क्षेत्रको ठूलो कार्यक्रम गरेकोमा अभिनेत्री लुइटेलले आयोजक लक्की मिडिया हाउस र महाप्रबन्धक कार्की प्रति विशेष आभार व्यक्त गरिन्।

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले हरेक वर्ष लक्की फिल्मी अवार्डको आयोजना गर्दै आएको छ। अघिल्लो संस्करणमा भएका केही कमीकमजोरीलाई समेत सुधार गर्दै नयाँ संस्करण आयोजना गर्ने तयारीमा जुटेको लक्की मिडिया हाउसका महाप्रबन्धक कार्कीले बताए।

लक्की फिल्मी अवार्ड मोफसल कै एक मात्रै र ठूलो फिल्मी अवार्ड भएको भन्दै कार्कीले अवार्डमा चलचित्र क्षेत्रमा कार्यरत कलाकार, सामाजिक अभियान्ता एवम् विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई सम्मान गर्ने बताए। 

अवार्डमा उत्कृष्ट चलचित्र, उत्कृष्ट कथा लेखन, उत्कृष्ट गायक महिला, उत्कृष्ट गायक पुरुष, उत्कृष्ट संगीतकार, अन्तर्राष्ट्रिय प्रमोसन अवार्ड, उत्कृष्ट सिनेमाटोग्राफर, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, लोकप्रिय कलाकार पुरुष, लोकप्रिय कलाकार महिलालाई सम्मानित गरिने छ। त्यस्तै, उत्कृष्ट सम्पादक, उत्कृष्ट निर्देशक, उत्कृष्ट कम्पोजर, स्पेसल मुभी लगायतलाई सम्मान गरिने कार्कीको भनाइ छ।

कार्यक्रममा चितवनलाई कर्मथलो बनाएर काम गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिने कार्कीको भनाइ थियो। आगामी संस्करणको लक्की फिल्मी अवार्ड असोजमा गर्ने तयारी भइरहेको कार्कीले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’