सूर्यदर्शन सहकारीः रकम हिनामिनामा थप २५ जनाविरुद्ध पक्राउ पुर्जी

सूर्यदर्शन सहकारीः रकम हिनामिनामा थप २५ जनाविरुद्ध पक्राउ पुर्जी
+
-

पोखरा – सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा थप २५ जना संग्लन भएको खुलेको छ। उनीहरु विरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ।

सहकारीको सफ्टवयर बरामद गरी अनुसन्धान गर्दा २०७२ साल अगाडिका सञ्चालक समितिका सदस्यको पनि संग्लनता रहेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोेहनकुमार थापाले बताए। ‘७२ साल अगाडिको भेटिएको थिएन। दोस्रो अनुसन्धानमा उनीहरुको विवरण आयो’, उनले भने।

प्रहरीले माघ तेस्रो साता पूर्वडिआइजी छविलाल जोशीको घरमा छापा मारेर सहकारीको सफ्टवयर बराम गरेको हो। सफ्टवयर केन्द्रित अनुसन्धानबाट पूर्व सञ्चाक समिति सदस्य पनि दोषी देखिएको एसपी थापाको भनाइ छ।

सूर्य दर्शन सहकारी प्रकरणमा प्रतिवादीको संख्याको संख्या ४४ पुगेको छ। हालसम्म सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई, पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र आर्ईटी प्रमुख भविश्वर अर्याललाई प्रहरीले पक्राउ गरेकोे छ। उनीहरु पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन्।

पोखरा महानगरपालिकाले वित्तिय विश्लेषणसहित तयार पारेको ३ हजार ४१९ पृष्ठको लामो प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको छ। मेयर धनराज आचार्यले बैशाख २७ मा प्रहरीलाई बुझाएको प्रतिवेदन ९ खण्डमा विभाजित छ।

यो प्रतिवेदनमा १८ हजार ७ सय बचतकर्ताको बचत अपचलन भएको खुलाइएको छ। सहकारीको ऋणी संख्या ४३३ रहेको उल्लेख छ। १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ सहकारीमा बचत हिनामिन भएको प्रतिवेदनममा उल्लेख गरिएको छ। प्रतिवेदन अध्ययनकै क्रममा रहेको प्रहरीले जनाएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार बिगो दाबी गर्दै जिल्ला अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ।
ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उनका दाइ भूपेन्द्र राई, हालका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढामगर लगायत ३९ जना फरार सूचीमा रहेका छन्।

२०६७÷६८ सालमा दर्ता भइ सञ्चालनमा आएको सूर्यदर्शनले सुरुमा सभागृह चोकबाट सेवा दिएको थियो। पछिल्लो समय कार्यालय नालाको मुखमा सरेको थियो। गत वर्षको साउनदेखि बचतकर्ताको रकम फिर्ता हुन छाडेपछि सञ्चालकविरुद्ध प्रहरीमा जाहेरी परेको हो। २०८० साउन २२ मा सहकारीपीडित जाहेरी दिएका हुन्। सामान्य सडकमा व्यपारगर्नेदेखि पोखराका धनाढ्यसम्मलाई प्रलोभनमा पारेर बचत गर्न लगाएको सूर्यदर्शन सहकारीले रकम हिनामिना पारेको छ। बूढेसकाललाई साहरा र औषधिमूलो गर्नलाई सहकारीमा रकम राखेका बचतकर्तालाई सञ्चालक रकम हिनामिना पारेर फरार भएपछि मर्नु न बाँच्नुको स्थितीमा पुर्‍याएको छ।

कास्कीमा सूर्यदर्शन सहकारीसँगै ७ वटा सहकारी विरुद्ध रकम ठगीको मुद्दा दर्ता भएको छ। ती सहकारीले चार अर्ब ५९ करोेड १८ लाख २७ हजार ४०७ रुपैैयाँ अपचलन गरेका छन्।

सहकारीको रकम हिनामिना प्रकरणमा २१४ जना प्रतिवादी रहेकोमा कास्की प्रहरीले ८४ जना पक्राउ परेका छन्। ३४ जना पुर्पक्षका लागि थुनामा पठाइएको छ।

शिवशिखर बहुउद्देश्यीय सहकारीका ५४ करोड ५३ लाख ८५ हजार ३३८ रुपैयाँ अपचलन भएको छ। ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेमा ४ जना पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन्।

इमेज सहकारीको पोखरामा ६४ करोड ८८ लाख ६० हजार ४७९ रुपैयाँ अपचलन गर्ने बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसहित १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा ६ जनामात्रै पक्राउ परेका छन्। तीमध्ये ४ जना धरौटीमा रिहा भइसके।

प्राइम बहुउद्देश्यीय सहकारीको एक अर्ब ५४ करोड १५ लाख ८ हजार १४२ रुपैयाँ अपचलन भएको छ। प्राइमकोे ६५ जना प्रतिवादी ठहर भएकोमा २५ जना मात्रै पक्राउ परेका छन्। १८ जना धरौटीमा छुटे भने ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

मित्रमिलन सहकारी संस्थाको ३१ करोड ७८ लाख २२ हजार ८११ रुपैयाँ अपचलन भएको हो। ठगीमा संलग्न ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। २० जना पक्राउ परेपनि ११ जना धरौटीमा रिहा भएका छन्।

विन्ध्यवासिनी सहकारीको सात करोड ६९ लाख ५९ हजार ८३४ रुपैयाँ अपचलन गरेकोमा ३१ जनामध्ये १९ जना पक्राउ परेका छन्। १७ जना धरौटीमा रिहा भइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

बलिदानी सहकारीको १० करोड ५९ लाख ३५ हजार ८४४ रुपैयाँ अपचलन गर्ने १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। हालसम्म ५ जनामात्रै पक्राउ परेका छन्। तीमध्ये २ जना धरौटीमा रिहा हुँदा ३ जनालाई थुनामा पठाइएकोे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?