श्याम कृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कारद्वारा ढकाल पुरस्कृत

श्याम कृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कारद्वारा ढकाल पुरस्कृत
+
-

बिर्तामोड – पूर्वाञ्चल दैनिकका डेस्कसम्पादक लक्ष्मण ढकाललाई यस वर्षको श्याम कृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीले शनिवार बिर्तामोडमा एक कार्यक्रमकाबीच डेस्क सम्पादक ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो ।

१५ हजार ५ सय ५५ रुपैयाँ राशिको उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि पूर्व प्राध्यापक तथा वरिष्ठ साहित्यकार माधव भँडारीले ढकाललाई प्रदान गरेका थिए ।

२०३४ सालदेखि पत्रकारिता गर्दै आएका ढकालले विश्वदीप साहित्यिक मासिकबाट पत्रकारिताको यात्रा शुरु गरेका हुन् । उनले स्वतन्त्रता, जनस्वतन्त्रता लगायतका पत्रपत्रिकासहित कञ्चनजंघा एफएममा पनि समाचार सम्पादकको भूमिका निर्वाह गरिसकेका छन् ।

पूर्वाञ्चल स्तरीय उक्त पुरस्कारबाट यस अघि इलामका धर्म गौतम, झापाका मदन ढकाल, गोविन्दचन्द क्षेत्री, नकूल काजी, डिल्लीराम निर्भिक पुरस्कृत भइसकेका छन् । त्यसैगरी सुनसरीका गिरीराजमणि आचार्य, मोरङका कोशराज रेग्मी , सप्तरीका शिशुप्रसाद देवकोटा र शिवहरि भट्टराई पुरस्कृत भइसकेका छन् ।

पत्रकार उपाध्यायको निधनपछि छोरी आभाकुमारी उपाध्यायले गुठीको स्थापना गरेकी हुन् । १९८६मा जन्मिएका उपाध्यायले आलोक, केटो साप्ताहिक लगायत विभिन्न पत्रिकाको सम्पादक तथा विभिन्न तहमा रहेर सेवा गरेका थिए ।

पञ्चायती कालमा पनि पत्रकारितामार्फत लोकतन्त्रको लडाइँ लडेका उपाध्यायलाई मेची अञ्चलका जेठा पत्रकारका रुपमा सम्मान गरिएको छ । उनको २०४६ चैत १७ मा निधन भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?