विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो

विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो
+
-
झापा– नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०र८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ।
केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत् जडान गरिएको बताए। उनका अनुसार योसँगै ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ।
“विद्युत् काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र जरिवाना रु छ करोड ७० लाख २८ हजार चार सय १२ थियो। एक हजार एक सय ३६ ग्राहकबाट रु तीन करोड ९० लाख ९७ हजार पाँच सय ६७ असुली भएको छ”, प्रमुख साहले भने। उनका अनुसार बक्यौता बुझाउन बाँकी ३४ ग्र्राहकसँग प्राधिकरणले रु दुई करोड ७९ लाख ३० हजार आठ सय ४५ असुली गर्न बाँकी छ।
अनारमनी वितरण केन्द्रका दुई सय ३७ ग्राहकलाई कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ। कालोसूचीमा रहेकाबाट रु एक करोड ३२ लाख ३१ हजार ६३ बक्यौता असुली गर्न बाँकी छ।
एक अर्ब ३१ करोड राजस्व असुली
प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आवमा नयाँ विद्युत् लाइन जडान, नियमित विद्युत् महसुल, बक्यौता र जरिवाना असुली गरेर रु एक अर्ब ३१ करोड ८४ लाख ७५ हजार राजस्व सङ्कलन गरेको जनाएको छ।
जिल्लामा रहेका विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा बढी ग्राहक अनारमनी केन्द्रमा रहेका छन्। यहाँ ९३ हजार चार सय १८ ग्राहक सङ्ख्या रहेको केन्द्रका प्रमुख साहले जानकारी दिए।
ग्राहस्थ तथा गैरग्राहस्थ, व्यापारिक, गैरव्यापारिक, औद्योगिक, सडक बत्ती, सिँचाइ, खानेपानी, मन्दिर, यातायात, आन्तरिक खपत, सामुदायिक, मनोरञ्जनलगायत क्षेत्रमा ग्राहक विभाजन गरेर महसुल उठाउने गरिएको उनले बताए।
“उपभोक्तालाई हामीले प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउने हो”, प्रमुख साहले भन्नुभयो, “खपत भएको विद्युत् युनिट बराबरकोे बिलमा तोकिएको रकम सबैले आफ्नो कर्तव्य ठानेर तिर्नुपर्छ, तिर्न आनाकानी गरे वा ढिलाइ भएमा लाइन काट्नु हाम्रो बाध्यता हो।”
पालिकाले तिरेनन् सडक बत्तीको महसुल
अनारमनी वितरण केन्द्रअन्तर्गत छ नगरपालिका र पाँच वटा गाउँपालिकाका उपभोत्ताले विद्युत् सेवा पाउँदै आएका छन्। अधिकांश पालिकाले सडकबत्ती शीर्षकमा प्राधिकरणलाई तिर्नुपर्ने बिलको रकम नतिरेका केन्द्रका प्रमुख साहले गुनासो गरे।
साहका अनुसार रकम भुक्तानी नगर्नेमा विर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिका, मेचीनगरका–११, १२, १३ र १४, शिवसताक्षी नगरपालिका–७ र १०, इलामको माई नगरपालिका–५, झापा गाउँपालिका–१, २, ३, ४, ५, ६ र ७, हल्दिबारी गाउँपालिका–१, बुद्धशान्ति गाउँपालिका–५, रोङ गाउँपालिका–२ रहेका छन्। उनले उल्लेखित पालिकाले सार्वजनिक भवन तथा सडक बत्ती बापतको रकम भुक्तानी गर्न बाँकी रहेको बताए।
सबैभन्दा बढी बाह्रदशी गाउँपालिकाको रु ५५ लाख ३८ हजार ४६, विर्तामोड नगरपालिकाको रु २९ लाख ७४ हजार नौ सय ५७, मेचीनगर नगरपालिकाको रु १० लाख ८८ हजार छ सय २१ र कनकाई नगरपालिकाको रु १० लाख ६३ हजार सात सय ३९ बक्यौता रकम रहेको साहले जानकारी दिए। सबै पालिकालाई बारम्बार पत्राचार गरेर बक्यौता रकम बुझाउन आग्रह गरिरहेको उनले बताए।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?