
काठमाडौँ- एनएमबि बैंकले एनएमबि होम लोनमा ८.९२ प्रतिशतबाट सुरुहुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको छ।
एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्ने बैंकको भनाइ छ। घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण सपना भएकोले त्यो सपना साकार पार्न बैंक प्रतिबद्ध रहको बैंकले जनाएको छ।
एनएमबि बैंकले हाल देशभरबाट २०१ शाखा, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ।