
काठमाडौँ- ग्लोबल आइएमई बैंकका ग्राहकले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीबाट सेवा लिँदा १० प्रतिशत रकम बोनस पाउने भएका छन्।
बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मूल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको हो।
उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ्ग प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका छन्।
समझदारी अनुसार बैंकको ग्राहकहरुले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि वण्डरल्याण्डबाट जारी हुने कार्डवापतको भुक्तानीको लागी बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउनेछ।
वण्डरल्याण्ड नेपाल, बुङ्गमती किक फन वल्र्ड प्रा.लि. बाट सञ्चालित हुँदै आएको छ। बैंकले ग्राहकलाई मध्यनजर गर्दै बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गर्दै आएको छ।