लिमीको तील गाउँमा पुगेर ज्येष्ठ नागरिकको उपचार

लिमीको तील गाउँमा पुगेर ज्येष्ठ नागरिकको उपचार
+
-

सिमकोट – चार हजार दुई सय मिटर अग्लो स्थानमा रहेको तील गाउँमा स्वास्थ्यकर्मी पुगेर ज्येष्ठ नागरिक र दिर्घ रोगीहरुको उपचार गरेका छन्। ती दुवै किसिमका बिरामीहनाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको हल्जी गाउँमा रहेको लिमी स्वास्थ्य चौकीमा पुगेर उपचार गर्न नसक्ने भएपछि स्वास्थ्यकर्मी तील गाउँ मै पुगेर उपचार गरिएको हो।

बिरामी स्वास्थ्य चौकी आएर उपचार गर्न नसक्ने भएको खवर आएपछि औषधी र स्वास्थ्यकर्मी स्वास्थ्य चौकीबाट पाँच घण्टा पैदल हिडेर तील गाउँ मै पुगेर ज्येष्ठ नागरिक र दिर्घरोगीहरुको उपचार गरिएको लिमी स्वास्थ्य चौकीका संयोजक गोर्ख भण्डारीले बताए। बिरामीहरु स्वास्थ्य चौकीसम्म पुग्ने अबस्था नरहेपछि आफु सहित स्वास्थ्यकर्मी सो गाउँमा पुगेर बिरामीहरुको उपचार गरिएको हो।

हाल उक्त गाउँमा २२ घरधुरी बस्दै आएको भएपनि गाउँमा ज्येष्ठ नागरिक र अपाङ्गता भएको ब्यक्ति मात्र बस्दै आएका छन्। उनले केही दिर्घरोगका बिरामी र केही अन्य रोगका गरि तीस जना बिरामीको उपचार गरिएको बताए। गतवर्ष यो समयमा सो गाउँमा स्वास्थ्यकर्मी यसरी नै पुगेर बिरामीको उपचार गरिएको होे। उपचारका क्रममा स्वास्थ्यकर्मीहरुले औषधी समेत निशुल्क प्रदान गरिएको छ।

सो गाउँकी ७५ वर्षकी ग्याष्टिककी दिर्घ बिरामी छिरिङ तामाङले उपचार र औषधी घरमा स्वास्थ्यकर्मीबाट पाउदा सहज भएको बताई। तील गाउँमा यसअघि बिरामी हुँदा सामा बसाल्ने, कसैलाई औषधी झिकाउने र बढी बिरामी भए चीनको ताक्लाकोटतर्फ लग्ने गरिन्थ्यो। तर यस पटक स्वास्थ्यकर्मी उपचार कै लागि गाउँमा पुगेपछि गाउँमा वस्दै आउनु भएका सबै स्थानीयले स्वास्थ्य चेकजाँच भने गर्नु भएको थियो। लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ जिल्ला कै उच्च स्थानमा रहेको तील गाउँका बिरामीलाई उपचार गर्न गाउँ मै पुग्नु पर्ने बाध्यता रहे अनुसार स्वास्थ्यकर्मी तील गाउँ पुगेर बिरामीको उपचार गरेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?