भुटानमा सम्पन्न महिला बिच भलिबलको उपाधि नेपाललाई

भुटानमा सम्पन्न महिला बिच भलिबलको उपाधि नेपाललाई
+
-

काठमाडौं- भुटानमा सम्पन्न महिला बिच भलिबलको उपाधि नेपालले जितेको छ। भुटानको थिम्पुमा केहिबेर अघि सम्पन्न फाइनलमा नेपालले उज्वेकिस्तानको ए टिमलाई २-० को सेटमा हराएको हो। नेपालबाट कमला पुन र मनीषा चौधरीको जोडीले सानदार प्रदर्शन गर्दै उपाधि जितेको हो।

नेपालले उज्वेकिस्तान ए लाई २१-१७ र २१-१४ ले पराजित गरेको हो। नेपालले प्रतियोगितामा सबै ५ खेलमा अपराजित रहँदै च्याम्पियन बन्यो।

समूह चरणमा तीनवटै खेल जितेको कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले शनिबारै भएको सेमिफाइनलमा उज्वेकिस्तान बी टिमलाई २१-१३ र २१-१२ ले पराजित गर्दै फाइनल पुगेको थियो।

दुई वर्षअघि बंगलादेशमा भएको एभिसी बिच भलिबलमा कमल पुन र कोपिला उप्रेतीको जोडीले रजत जितेको थियो। यस्तै पुरुषतर्फ पनि नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले फाइनल खेलिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?