संसदीय छानबिन समितिले रवि लामिछानेसहित २६ जनासँग सोधपुछ गर्दै

संसदीय छानबिन समितिले रवि लामिछानेसहित २६ जनासँग सोधपुछ गर्दै
+
-

काठमाडौँ-सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित २६ जनालाई सोधपुछ गर्ने भएको छ।

सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ जनासँग सोधपुछ गर्न लागिएको समितिका एक सदस्यले जानकारी दिए।

समितिले वास्तविक तथ्य पत्ता लगाउन सोधपुछ गर्न लागेको जनाइएको छ। प्रहरी अनुसन्धान जसरी नभई सोधपुछ गरेर तथ्य पत्ता लगाउने तयारी छ।

विदेश पलायन बाहेक २६ जनासँग सोधपुछ गर्ने तयारी भएको जनाइएको छ। शिवशिखर सहकारी अध्यक्ष केदारनाथ शर्मा, कान्तिपुर सहकारी पूर्वअध्यक्ष तथा पशुपति सहकारी अध्यक्ष सीबी लामा लगायतसँग समतिले सोधपुछ गर्ने तयारी छ।

समितिले यसअघि बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफस्कुन), राष्ट्रिय सहकारी महासंघसँग पनि छलफल गरेको थियो। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको विषयमा समेत छलफल गरेको समितिले गृहमन्त्री, सचिव, प्रहरी महानिरीक्षकसँग समेत छलफल गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?