प्रधानमन्त्री ओलीको दाबीः मैले जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ

प्रधानमन्त्री ओलीको दाबीः मैले जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ
+
-

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन्।

मंगलबार संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफूले कसैलाई भ्रष्टाचार गर्ने कुनै पनि खालको अनुमति नदिएको जिकिर पनि गरे।

उनले आफूमाथि राजनीतिक रुपमा कुनै लाञ्छना लगाउने काम भए पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता दोहोर्‍याए। भ्रष्टाचार नगर्ने र अरुलाई पनि आफूले भ्रष्टाचार गर्न नदिने प्रधानमन्त्री ओलीको दृढता थियो। उनले आफ्नो जानकारीमा रहेका ठाउँहरुमा आफूले भ्रष्टाचार गर्न नदिने पनि बताए।

प्रधानमन्त्री ओलीले भने, ‘मैले पहिले पनि जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ, भ्रष्टाचार सहिनँ पनि। अब मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो। राजनीतिक हिसाबले कसैले लाञ्छना लगाउनु, लाञ्छित गर्नका लागि केही कुरा उठाउनु, हिलो छयाप्ने प्रयास गर्नु बेग्लै कुरा हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?