
काठमाडौं- नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपको फाइनलमा भारतसँगको भेट मंगलबार पक्का गर्यो। नेपालले सेमिफाइनलमा इरान विरुद्ध राम्रो लय सहित फाइनल पुग्दा अब भारतसँग सोहि लयलाई कायम राख्दै उपाधि उचाल्न सक्ला? यो भने भोली साँझ ५ बजे हुने फाइनलले तय गर्ने छ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा नेपालले इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल भेट पक्का गरेको थियो। यसअघि भारतले पनि श्रीलंकालाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो।
नेपालले फाइनल पुग्ने क्रममा पहिलो सेटमा २५-२१ को सहज जित निकाल्दा। दोस्रो सेटमा भने कडा प्रतिस्पर्धा भएको थियो। नेपालको २१ अङ्क हुँदा सेट प्वाइन्टमा पुगेको इरान विरुद्ध उषा भण्डारीले लगातार तीन अङ्ग ल्याएसँगै खेल रोमाञ्चक बन्यो। अन्तत नेपाले २८-२६ ले खेल आफ्नव पक्षमा पार्यो।
तेस्रो सेटमा नेपालले २५-२० को सहज जित सँगै फाइनल प्रवेश गर्न सफल भयो। आजको खेलमा निरुता ठगुन्नासँगै उषा भण्डारीको प्रदर्शन निकै राम्रो रह्यो।