माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न दिन्नः अध्यक्ष दाहाल

माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न दिन्नः अध्यक्ष दाहाल
+
-

काठमाडौँ-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका नेताहरुलाई एक ठाउँमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्। बुधवार नेकपा (माओवादी केन्द्र) हुम्लाको कार्यक्रमलाई पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीका कार्यकर्ताहरुलाई पार्टी फुट्छ की भन्ने चिन्ता नलिन आग्रह गरे।

उनले अब फुटेर गएका नेताहरु पनि एक ठाउँमा आउने गृहकार्य भइरहेको जिकिर समेत गरे। उनले माओवादीबाट विगतमा छुट्टिएकाहरु एकता गर्नुको विकल्प नरहेको भन्दै पार्टी एकताका लागि आइरहेको बताए। उनले फुटेका नेताहरु एकजुट गरी पुनः एकपटक पार्टीको नेतृत्व गर्ने आँट आफूले गरेको बताए।

उनले माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न नदिने भन्दै फुटहरुलाई कार्यक्रममार्फत अन्त्य गर्ने बताए। उनले सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने पनि बताए।

प्रचण्डले भने, ‘तपाईंहरुलाई चिन्ता छ, पार्टी के हुन्छ, गुटहरु छन्, गुटैगुट, पार्टी फेरि फुट्ने पो हो की ? म के भन्न चाहन्छु भने पार्टी अब फुटतिर होइन, हिजो फुटेकाहरु पनि सबै जुट्नेतिर आएका छन्। छिटै तपाईंहरुले समाचार सुन्नुहुनेछ। हिजो माओवादीबाट अलग भएर धेरै गर्छौं भन्ने सपना बोकेका साथीहरु पनि अब एकता गर्नुको विकल्प छैन भन्ने निर्णय गर्नुभएको छ।’

प्रचण्डले थपे,‘मलाई विश्वास छ, ति साथीहरु छिटै पार्टी एकतामा आउँछन् । यो पार्टी फुट्ने होइन, फुटेका साथीहरु पनि जुट्ने परिस्थिति बन्छ, म त्यसको एकपटक फेरि नेतृत्व गर्ने आँट मैले गरेको छु । हाम्रोभित्र तपाईंहरुले सुन्नुभएको छ, यस्तो भयो, त्यस्तो भयो, आदि इत्यादि । यो पार्टीलाई कुनै हालतमा फुट्न दिइँदैन । फुटेकालाई जुटाइन्छ । फुटहरु जो छन्, तिनलाई यो पटक कार्यक्रममार्फत अन्त्य गरिन्छ । सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने शुरुवात गरिन्छ।’

अध्यक्ष दाहालले नयाँ कार्ययोजना र कार्यक्रमसहित देशव्यापी अभियानमा जाने संकल्प आजको आवश्यकता भएको बताए। उनले आफूले एक ढंगको बिद्रोहको झण्डा उठाइसकेको दाबी गरे। उनले समाजवादको निम्ति प्रतिक्रान्तिका बिरुद्ध क्रान्तिको झण्डा उठाएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?