२०८४ अघि प्रधानमन्त्री बन्ने प्रयास नै गर्दिनँः प्रचण्ड

२०८४ अघि प्रधानमन्त्री बन्ने प्रयास नै गर्दिनँः प्रचण्ड
+
-

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको चालु कार्यकालमा आफू प्रधानमन्त्री बन्ने प्रयास नगर्ने बताएका छन्।

हुम्ला–काठमाडौं सम्पर्क समन्वय समितिले बिहीबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले २०८४ सम्म आफू प्रधानमन्त्री बन्ने प्रयास नगर्ने बताए।

 

‘कतिपयलाई लाग्ला मौका मिल्यो भने प्रचण्ड फेरि प्रधानमन्त्री बन्न गइहाल्छ । तपाईंहरुलाई म भन्छु–अब म प्रधानमन्त्री यो कार्यकालमा हुन्न’, प्रचण्डले भने ।

सरकारमा जान आफूलाई अहिले हतार गर्नु नरहेको भन्दै उनले थपे, ‘२०८४ सम्म जनतामा जाने, पार्टी नै बनाउने र पार्टीलाई जिताएरै छाड्ने संकल्प मैले लिएको छु । प्रधानमन्त्री पुग्यो अहिलेलाई ।’

तर, २०८४ पछि एक नम्बर पार्टी भयो भने प्रधानमन्त्रीका लागि त्यतिबेला सोचिने उनले बताए । ‘भोलि एक नम्बर पार्टी भयो भने के गर्ने त्यही बेला सोचौंला’, प्रचण्डले भने ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?