बिजुलीको बक्यौता विवादलाई जातीयकरण गर्दै माओवादी भातृसंगठन

बिजुलीको बक्यौता विवादलाई जातीयकरण गर्दै माओवादी भातृसंगठन
+
-

काठमाडौँ-नेपाल विद्युत् प्राधिकरणले उद्योेगीलाई लोडसेडिङका बेला प्रदान गरेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने बिषयमा विवाद भइरहेका बेला प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जोडेर उक्त बिषयलाई जातीयकरण गर्ने प्रयास भएको छ।  माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले विज्ञप्ति निकाल्दै बक्यौता उठाउने कुलमानको प्रयास सही भएकाले उनिमाथी कुनै पनि किसीमको कारवाही नगर्न माग गरेको छ।

बक्यौता उठाउने बिषयमाा प्रधानमन्त्री केपी शर्मा ओली र निर्देशक घिसिङबीच व्यक्तिगत तहमै टसल भइरहेका बेला जातीय संगठनले विज्ञप्ती निकालेको हो।
मोर्चाले विज्ञप्ती निकाल्दै धिसिङमाथि कुनै कारवाही नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएको छ। तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लिला कुमार घलानले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,‘ विद्युत प्राधिकरणको उठ्न बाँकी रकम असुल उपर गर्न पहलकदमी लिइरहेका कार्यकारी निर्देशक घिसिडलाई प्रतिशोधपूर्ण ढंगले कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाएको खण्डमा हाम्रो मोर्चा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छ।’

‘प्राधिकरणको तिर्न बाँकी बक्यौता उद्योगीहरुले नतिरेसम्म विद्युत उपभोग गरिरहेका आम नागरिकले समेत कुनै पनि बक्यौता नतिरीकन हाम्रो आन्दोलनमा ऐक्यवद्धता जनाइ दिनुहुनका लागि आम नागरिकमा हामी हार्दिक अपिलसहित विनम्रतापूर्वक अनुरोध समेत गर्न चाहन्छौं।’ विज्ञप्तिमा उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?