बालबालिकाहरु भोकले तड्पिरहेको देख्दा आँखामा आँशु आउँछः प्रधानमन्त्री ओली

बालबालिकाहरु भोकले तड्पिरहेको देख्दा आँखामा आँशु आउँछः प्रधानमन्त्री ओली
+
-

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति हिनामिना नगर्ने बताएका छन्। लायन्स क्लबले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिबद्धतासमेत दोहोर्‍याए।

देशलाई सुशासन, तीव्र विकाससहित समृद्धि दिनका लागि आफू सदैव लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राज्यबाट आफूले कुनै पनि कुरा लिन नचाहेको बताए। गरिबी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्नसक्छु? भनि प्रधानमन्त्री ओलीले प्रतिप्रश्नसमेत गरे।

उनले जनताले गरिबी र अभाव भोग्नु नपरोस् भन्ने कुरालाई चासोमा राखेर त्यसलाई पूरा गर्नका लागि समृद्ध नेपालः सुखी नेपालीको गन्तव्य तय गरेको अघि बढेको तर्क पनि गरे। प्रधानमन्त्री ओलीले आमजनताका आवश्यकतालाई पूरा गर्न आफूले काम गर्ने पनि बताए।

उनले भने, ‘गरिबी छ। बालबालिकाहरु खाना नपाएर भोकले तड्पिरहेका छन्। चिन्ताको विषय यो हो। म ती बच्चाबच्चीहरुले खाना नपाएर रोएको देख्दा आँखामा आँशु आउँछ। म राष्ट्रको सम्पत्ति, सार्वजनिक सम्पत्ति आफ्नो खल्तीमा सार्नसक्छु? म सक्दिनँ। त्यसकारण म भ्रष्टाचार गर्दिनँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?