
अ
+
अ
अ
-
काठमाडौँ – सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्वअध्यक्ष सीबी लामासँग सोधपुछ गरेको छ।
उनलाई शनिबार केन्द्रीय कारागार जगन्नाथ देवलबाट समितिको बैठकमा बोलाएर सोधपुछ गरिएको हो।
विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्वअध्यक्ष लामासँग सोधपुछ गरिएको समितिले जनाएको छ।