उपचारको ब्यवस्था गर्न हिल्सावासीको माग

उपचारको ब्यवस्था गर्न हिल्सावासीको माग
+
-

सिमकोट– उत्तरी सीमा क्षेत्र नाम्खा गाउँपालिका– ५ को हिल्सामा बसोवास गर्दै आएका स्थानीय स्वास्थ्य संस्थामा उपचारको ब्यवस्था गर्न माग गरेका छन्। हिल्साका स्थानीय बिरामी भएपछि तीस किलो मिटर टाढाको चीनको ताक्लाकोट जानु पर्ने भएपछि गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयसंग स्वास्थ्य संस्था स्थापना गरेर नियमित उपचारको ब्यवस्था गर्न माग गरिएको हो।

हिल्साका ब्यवसायी मुकुमबहादुर तामाङले बिरामीका लागि उपचार गर्ने निकाय हिल्सामा नभएको कारण स्वास्थ्य संस्था स्थापना गर्न आवश्यक रहेको बताए।

हिल्सामा कोही बिरामी भए तीस किलो मिटर टाढाको चीनको ताक्लाकोटमा गएर उपचार गर्नु परि रहेको कारण गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयले सामान्य उपचारको ब्यवस्था गर्न समेत उनले आग्रह गरे। यता ताक्लाकोट लगिने बिरामीहरु सिमा पास प्राप्तले मात्र जान पाउने गछन् भने सिमापास नभएका बिरामीहरुलाई भने जिल्ला अस्पताल लिने गरिएको छ।

हाल हिल्सामा सामान्य रुघाखोकी, टाउको दुःखे, पखालाका जस्ता बिरामी भए सशस्त्र प्रहरीका सिमा सुरक्षा प्रहरी चौकीसंग माग्ने गरिएको र अबि जटिल बिरामी देखिए नेपाली पाँच सय रुपियाँको टिकट काटेर ताक्लाकोटमा उपचारका लागि जाने गरिएको छ। सशस्त्र प्रहरीले प्राथमिक उपचार गर्नु पर्ने बिरामी भए चौकीले औैषधी उपलब्ध गराउने जनाएको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी बाहेक हाल हिल्सामा साठी घरधुरीका साढे पाँच सय स्थानीय बस्दै आएका छन्।

हिल्सा कै अर्की स्थानीय पामा तामाङले बालबालिकाहरु बिरामी भए उपचार गर्ने निकाय नै नभएको बताउदै बीस जना नियमित खोप लगाउने बालिबालिका खोपबाट छुटेको बताईन। गर्भवती गर्भजाँचबाट छुटेको कारण बालबालिकालाई खोप लगाउने र गर्भवतीको गर्भजाँच गराउने ब्यवस्थाका लागि उनले गाउँपालिकासंग माग गरिन।

कोरोनापछि चीनले हिल्सा नाका दुईतर्फी सञ्चालन गर्दा नाम्खा गाउँपालिकाले अस्थायी स्वास्थ्य चौकी र कोरोना परिक्षण डेस्क स्थापना गरिएको भएपनि हाल बन्द भई सकेको छ। हिल्साका स्थानीयको उपचारका लागि मध्यनजर राखि कर्णाली प्रदेश सरकारको पचास लाख आर्थिक सहयोगमा स्वास्थ्य चौकी स्थापना गरिएको भएपनि हाल सो भवन बन्द रहेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?