प्रचण्ड नेतृत्वको सरकारले व्यवसायीलाई १६ अर्ब छुट दिएको सभापति पोखरेलको आरोप

प्रचण्ड नेतृत्वको सरकारले व्यवसायीलाई १६ अर्ब छुट दिएको सभापति पोखरेलको आरोप
+
-

काठमाडौँ – संसद्‌को लेखा समितिका सभापतिका ऋषिकेश पोखेरलले डेडिकेटेड र ट्रंक लाइनको विषयमा समितिले छलफल गर्नुको कारण प्रस्ट्याएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले विद्युत प्राधिकरण र व्यवसायीको मिलेमतोमा दिन लागेको १६ अर्ब छुटलाई रोक्न समितिले छलफल अघि बढाएको दाबी गरे।

उनले महालेखाको ६१ औँ प्रतिवेदनले २१ अर्ब ८८ करोड बक्यौता असुलउपर गर्न भने पनि प्राधिकरणले ६ अर्ब मात्रै बिल थमाएको पाइएको छ। पछिल्लो समय ६ अर्बबाट बढाएर ८ अर्ब पुर्‍याइए पनि लाल आयोग बनाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले दिन लागेको १६ अर्ब छुट रोक्नका लागि लेखा समितिले छलफल अगाडि बढाएको उनले बताए।

आफूले छुट दिएको बक्यौता उठाउन छलफल चलाइरहँदा लेखा समितिकै सदस्यहरुले आफ्नो चरित्रहत्या गरेको उनको गुनासो छ।

समितिमा टिपोटका रुपमा तयार पारेको कागजात गलत ढंगले व्याख्या गरेर सभापतिले व्यापारीलाई छुट दिन थाल्यो भनेर दुष्प्रचार गरेको आरोप लगाए।

उनले समितिका एक सदस्यले व्यापारी र विद्युत प्राधिकरणबीच बिचौलियाको समेत काम गरेको आरोप लगाए। उनले राज्यको हितविपरीत कुनै काम गरेको भए टुँडिखेलमा झु‌ण्डिन तयार रहेको संसद् बैठकबाटै घोषणा गरे।

डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा व्यापारी पोस्न ओलीभन्दा दाहाल अघि

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?