प्रधानमन्त्रीले मेहनत गरिराखेको देख्दा खुशी लागेको छः गगन थापा

प्रधानमन्त्रीले मेहनत गरिराखेको देख्दा खुशी लागेको छः गगन थापा
+
-

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको बताएका हुन्। उनले मन्त्रीहरुलाई भने २ वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने बताए।

कामको आधारमा मन्त्रीहरुको प्रशंसा र आलोचना दुवै गर्ने पनि उनले उल्लेख गरे। मन्त्रीहरुले गलत काम गरे आफूले आलोचना गर्ने महामन्त्री थापाले बताए।

उनले मन्त्रीहरुलाई आफ्नो कार्यकाल हेरेर कार्ययोजना बनाउन पनि सुझाव दिए। सरकारका मन्त्रीहरुलाई काम गर्नका लागि आफूले सदा साथ दिने महामन्त्री थापाले प्रतिबद्धतासमेत व्यक्त गरे।

उनले भने, ‘प्रधानमन्त्रीले मेहनत गरेको देखिराखेको छु। खुशी लागेको छ। मन्त्रीजीहरुले सुरुमा खादामाला लगाउनुभएको भए पनि विस्तारैविस्तारै कार्य योजनाहरु बनाइराख्नुभएको छ। सुरुसुरुमा त्यस्तै हुन्छ। हामीलाई पनि त्यही थियो। तर मेरो अनुभव छ, यो २४ महिनाका लागि मन्त्री हुनुभएको छ। यो समय भनेको सानो समय होइन। नौ महिनाको मन्त्री हुँदाको मेरो अनुभव छ। यो समयभित्र धेरै गर्न सकिन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?