संसदमा गगनको गर्जनः गिरिबन्धु, भूटानी शरणार्थी र सहकारी ठगीमाथि छानबिन रोक्नु हुन्न

संसदमा गगनको गर्जनः गिरिबन्धु, भूटानी शरणार्थी र सहकारी ठगीमाथि छानबिन रोक्नु हुन्न
+
-

काठमाडौँ – सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले ठूला काण्डहरुमा सरकारले छानबिन अघि बढाउन सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा थापाले कुनै पनि विषयमा सत्ता पक्ष र प्रतिपक्षमा हुँदा फरक व्यवाहार गर्न नहुने बताउँदै तीन काण्ठमा छानबिन अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

थापाले भने, ‘हामी त्यहाँ बस्दा एउटा, यहाँ बस्दा अर्को भन्दैनौं । यता बस्दैगर्दा गिरिबन्धु देख्दै नदेख्ने, डेडिकेटेड टं«कलाइन देख्दै नदेख्ने, बसेर सहकारी मज्जाले ठग्ने, उता बसेपछि सबै देख्ने होइन । हामी उता बस्दा पनि त्यही हो, यता बस्दा पनि त्यही हो । गिरिबन्धुको पनि जे हो, त्यही हुनुपर्छ, भूटानीको पनि जे हो, त्यही हुनुपर्छ। डेडिकेटेडमा पनि सरकार, राज्य कहीँ पनि ठगिनु हुन्न । सहकारी ठगलाई पनि अनुसन्धान गर्नैपर्छ । जो जतिसुकै शक्तिशाली होस् । म को हुँ भनेर सरकारले त यसरी प्रमाणित गरेर देखाओस्।’

सांसद थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगी आरोपमाथि तत्काल अनुसन्धान अघि बढाउन गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराए।

तत्कालीन प्रमुख प्रतिपक्ष दलको सांसदको हैसियतमा लेखकले लामिछानेले पोखराको सूर्यदर्शन सहकारीबाट करोड रुपैयाँ बुझिलिएको प्रमाण पेश गरेको स्मरण गराउँदै महामन्त्री थापाले सोही प्रमाणको आधारमा छानबिन गर्न माग गरे।

उनले जतिसुकै शक्तिशाली भएपनि सरकारले अनुसन्धानको दायरामा ल्याएर आफू को हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने दायित्व सरकारको भएको उल्लेख गरे।

‘जतिसुकै बलियो होस्, जतिसुकै पहुचवाला होस् । तर अनुचित लाभ पनि एक रुपैयाा पनि लिन दिन्नौं । राज्यको कोषमा एक रुपैयाँ पनि तलमाथि हुन दिन्नौं भन्ने कुराको ग्यारेन्टी गर्नुपर्छ । विश्वास दिलाउनु पर्छ । २०८० साल चैत्र ६ गते पोखरा महानगरपालिकाले सूर्य दर्शन सहकारीको बारेमा एउटा अध्ययन ग¥यो । त्यो अध्ययनलले नामै किटेर माननीय रवि लामिछानेले एक करोड रकम जम्मा गरेको देखियो, थापाले अगाडि भने,

‘यस्तो रकम थुप्रै जम्मा भएको कारणले गर्दा माग २२ गते पीडितहरुले पोखरामा गएर जाहेरी दिन गए । प्रहरीले जाहेरी पनि लियो । त्यो बेला पुरानै जाहेर भएको पुरक जाहेरी भनिदियो । पछि गृहमन्त्री भएपछि त यो जाहेरी नै होइन भनिदियो । त्यसकारण रमेश लेखकले त्यहाँ उभिएर के भन्नु भएको थियो? यो प्रमाण होइन भने के हो प्रमाण ? यो प्रमाणको आधारमा गृह मन्त्रालयले तत्काल अनुसन्धान गर्नुपर्छ भनेर उहाँले यहाँ उभिएर भन्नुभएको थियो । अहिले यतातिर पुग्नुभएको छ । अब सरकार फेरियो, कुरा फेरिन्छ ? फेरिन्न ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?