खेतमा एक वृद्धको शव फेला, हत्याको आशंका

खेतमा एक वृद्धको शव फेला, हत्याको आशंका
+
-

वीरगञ्ज- रौतहटमा एक वृद्धको शव फेला परेको छ। बुधबार बिहान शंकास्पद अवस्थामा घर नजिकको खेतमा एक वृद्धको शव फेला परेको हो।

जिल्लाको गौर नगरपालिका- ५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव फेला परेको हो। उनको शव आफ्नै घर नजिक रहेको धान खेतमा भेटिएको रौतहटकी प्रहरी प्रबक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिइन्।

महतोको हात र कोखामा धारिलो हतियारले प्रहार गरिएको पाइएको उनले बताइन्। चोट देख्दा उनको हत्या भएको आशंका गरिएको हो।

सूचना पाएर घटनास्थल पुगेको प्रहरीले मृतक महतोको घरबाट प्याकेटमा राखिएको अवस्थामा गाजा फेला पारेको तथा उनको गोजीबाट पनि गाजा बरामद गरिएको डिएसपी गिरीले बताइन्।

मृतक महतो प्रतिबन्धित गाजाको सेवनकर्ता एवम् बेचबिखनमा समेत संलगन रहेको हुन सक्ने उनले बताइन्।

घटनाबारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?