
मुगु – अविरल वर्षाका कारण पहिरोले सडक लगेपछि गमगढी–तारापानी – सोरुकोट सडक दुई हप्ताबाट अवरुद्ध भएको छ।
सोरु गाउँपालिका वडा न ८ मा रहेको आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट आएको पहिरोले सडक नै लगेपछि २ हप्तादेखि गमगढी–सोरुकोट सडक अवरुद्ध हुँदै आएको हो।
आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट आएको पहिरोले सडक नै लगेपछि २ हप्ता देखि गमगढी९सोरुकोट सडक अवरुद्ध हुँदै आएको हो।
सडक अवरुद्ध भएपछि सिङ्गो सोरु गाउँपालिकाका जनतालाई जिल्ला सदरमुकामसम्म र सदरमुकामबाट सोरु गाउपालिका तिर आउजाउ गर्न समस्या हुँदै आएको छ।
पहिरोले करिव १०० मिटर सडक लगेर नाम निसान समेत राखेको छैन,अहिले मानिस गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म आउने र त्यहाबाट पहिरो छल्दै दौडेर पहिरो पार गरि पारिपट्टी रहेका सोरुकोट तारापानीबाट आएका जिप चढेर जाने आउने गर्दै आएका छन्।
तन्नेरी युवा युवतिहरु त माथिबाट खस्ने माटो,ढुङ्गा छल्दै १०० मिटर पहिरो पार गर्दै आएका छन तर महिला,बालबालिका,जेष्ठ नागरिक र अशक्त,विरामिहरुलाइ भने पहिरो पार गर्न कठिनाइ हुँदै आएको र सोरुबासीहरु सो स्थानमा जोखिमपूर्ण यात्रा गरिरहेको सन्चारकर्मी सर्जन बहादुर शाहिले जानकारी गराएका छन्।
सन्चारकर्मी शाहिले दिएको जानकारीअनुसार पालिकाले सोरु र छायाँनाथ रारा नगरपालिका सिमाना पातिहाल्नादेखि पहिरो गएको स्थानसम्म स्काइभेटर लगाएर साना तिना पहिरा हटाएर पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन सकिदैन भनेर स्काभेटर फर्किएको थियो।
गमगढी– तारापानी – सोरुकोट र तारापानी– धैन–दोमुख सडक कर्णाली प्रदेश सरकार मातहतको सडक हो। बर्षाको बेला आउने अवरोध हटाउने र सडक स्त्तराेन्नति,सुरक्षित र मापदण्ड अनुसार बनाउने जिम्मेवारी कर्णाली प्रदेश सरकारको भए पनि त्यो तर्फ कर्णाली प्रदेश सरकारको ध्यान नदिदा बर्सेनि सडक अवरुद्ध हुदा सोरुबासिहरु जोखिम मोल्न बाध्य छन।
एक त गाउँपालिका त्यसमा पनि आउने न्यून बजेटले १०० मिटर भन्दा चाख्लो पहिरो पन्छाएर सडक बनाउन बजेटले पुग्दैन। गत वर्ष पनि त्यही ठाउमा ठूलो पहिरो गएकाले जनताको अन्य विकास योजना काटेर सामान्य सडक खुलाइयो तर यो चोटि कसरी पहिरो पन्छाउने,सडक बनाउने आफ्नो मातहतको सडक भए पनि कर्णाली प्रदेश सरकार कानमा तेल हालेर बसेको छ,हाम्रा जनताले दुख्ख पाउने भएकाले साउन पुर्णिमा पछि वर्षा रोकिएपछी पहिरो पन्छाउने र सडक बनाउने तिर गाउँपालिका लाग्ने सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही बताए।
सडक अवरुद्ध हुदा गमगढि बजारबाट व्यापारको लागि सोरु गाउपालिका तिर लिइने दैनिक उपभोग्य सामान तथा निर्माण सामाग्रीहरुको ढुवानी लागत बढ्दा सोरुबासीहरुले चर्को मुल्यमा सामान किन्नु परिरहेछ।
गमगढी – तारापानी २३ किमि सडक बेलायती सहयोग नियोग डिफिटको आथिक सहयोगमा ग्रामिण पहुच कार्यक्रम ९ र्याप थिरी० ले बनाएर प्रदेश सरकारलाइ हस्तान्तरण गरेको सडक हो। प्रदेश सरकारलाइ हस्तान्तरण गरेदेखी हस्तान्तरण मै सिमित छ प्रदेश सरकारले सडक विस्तार,स्तरउन्नति तथा अन्य सुधारका काममा ध्यानै दिएको छैन।