बंगलादेशी आन्दोलनभित्रका नेपथ्य र अन्तर्य

बंगलादेशी आन्दोलनभित्रका नेपथ्य र अन्तर्य
+
-

बंगलादेशमा आरक्षणविरोधको रूपमा फैलिएको आन्दोलनले अन्ततः तत्कालीन सरकार अपदस्त मात्रै गरेन, प्रधानमन्त्री शेख हसिनाले देश नै छोडेर भाग्नुपर्ने अवस्था सिर्जित गरेको छ। नेपाललगायत दक्षिण एसियाली मुलुकका नागरिकमा यसखाले आन्दोलनको चौतर्फी समर्थन र उत्साह भरिएको पाइन्छ।

त्यस्तै शासकवर्गमा भने बङ्गलादेशी दृष्टान्त कतै आफ्नो मुलुकमा देखिने त होईन भन्ने सन्त्रास। नागरिकस्तरमा भने यसैगरी आफ्ना देशमा पनि नेता भगाउने आन्दोलनको आग्रह र कुण्ठापूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा यत्रतत्र छरेका छन्। घटनाको वास्तविकताभन्दा छिटो उत्तेजित हुने र प्रतिकृया देखाउने आम नेपाली मानसिकता यसैपनि स्वभाविक छ। त्यसमाथि बहुसङ्ख्यक नेपालीहरू आफूलाई कम्युनिष्ट विचारधारामा देखाउन हरदम प्रयास गरिरहेका हुन्छन्।

उनीहरूको मनोविज्ञानमा आन्दोलन भनेकै कम्युनिष्ट क्रियाकलाप हो र, विद्रोह भनेकै प्रगतिशील एवम् अग्रगमनको प्रतीकको रूपमा बुझाई छ। सत्ताधारीलाई फ्याक्नसक्नु कम्युनिष्टबहादुरिता हो भन्ने बुझेका नेपालीहरू विद्रोही स्वभावमा रूचि राख्ने गरेको पाईन्छ। चाहे त्यो गौर नरसंहार नै किन नहोस्, प्रगतिशीलताको निम्ति विद्रोह, क्रान्ति तथा आन्दोलन हुनैपर्ने जो मार्क्सवादी स्कूलिङ छ। त्यसलाई आत्मसाथ गर्दा गौरान्वित हुने गरेको पाईन्छ। वास्तवमा बङ्गलादेशभित्र चलेको आन्दोलनको उपदेहिता र अन्तर्यको बारेमा जान्नुअघि यसका विभिन्न आयामका पृष्ठभूमिमा जानु वाञ्छनीय हुन्छ।

बङ्गलादेशको निर्माण र शेख हसिनाको उदयः अंग्रेजबाट सन् १९४७ अगष्ट १४ का दिन पाकिस्तान स्वतन्त्र भएको थियो। धर्मका आधारमा भारतबाट छुट्टिएको तत्कालीन पाकिस्तान मुस्लिम बाहुल्यक्षेत्रको रूपमा नयाँ देश बन्यो। त्यसताका पाकिस्तान प्रमुखतः दुई राष्ट्रियता उर्दू र बङ्गाली भाषाका साथ दुई भाग पूर्वी र पश्चिमको रूपमा रह्यो।

सन् १९७० मा बङ्गालभाषी राष्ट्रियता भएका शेखमुजीवउर रहमानले बहुमतका साथ चुनाव जितेसँगै प्रधानमन्त्रीको शपथ लिन पश्चिमपाकिस्तानतर्फ गए। तर, सेनाले उनलाई थपथ खुवाउन अस्वीकारमात्रै गरेन, बेईजतिपूर्ण व्यवहार गरी पूर्वीपाकिस्तान लखेट्यो। तत्पश्चात् सन् १९७१ मार्च ७ मा पहिलोपटक शेखमुजीवउरले पूर्वीपाकिस्तान छुट्टै देश बनाउने उद्घोष गरे। यो उद्घोषसँगै मार्च २५ मा पाकिस्तानी सेनाले उनलाई बन्दी बनायो।

रजमानलाई बन्दी बनाएसँगै पूर्वीपाकिस्तानमा पश्चिमविरुद्ध मुक्ति वाहिनी नामक विद्रोही लडाकु समूह निर्माण भयो। मुक्ति वाहिनी समूहलाई नियन्त्रण गर्ने बाहनामा बङ्गालीहरूमाथि अत्याचारको क्रम शुरु भयो। सरकारी सेनाद्वारा आठ महिनाको अवधिमा करीब ३२ लाख बङ्गालीको हत्या भयो, भने ८ लाख बङ्गाली महिला बलात्क्रित भए। भारतको सैन्य सहयोगमा ९३ हजार पाकिस्तानी फौजले आत्मसमर्पण गरेसँगै सन् १९७१ डिसेम्बर १६ मा पूर्वीपाकिस्तान स्वतन्त्र भएर बङ्गलादेश बन्न पुग्यो।

स्वतन्त्रतापश्चात् जननिर्वाचित सरकारप्रमुखको रूपमा सन् १९७५ सम्म आइपुग्दा शेखमुजीवउर रहमानविरुद्ध सेनाले विद्रोह गर्यो। यसै सालको अगष्ट १५ मा शेखमुजीवउरका आफन्त ३ जना, भतिजका ५ परिवार, ३ छोरा र श्रीमतीसहित शेखमुजीवउरको हत्या गरेको थियो। अर्थात् नेपालमा राजा वीरेन्द्रको वंश विनासकै शैलीमा सबैको एकैचिहान बनाएको थियो। जबकी उनको कान्छो छोरा मात्र १० वर्षका थिए। ती कलिलो बालकले पनि धर्तीमा बाँच्ने अधिकार पाएको थिएन।

त्यसबेला अध्ययनको क्रममा २ छोरीहरू शेख हसिना र शेख रेहाना जर्मनीमा रहेको हुँदा, उनीहरू दुबै बाँचे। आजसम्म पनि बङ्गलादेशमा राष्ट्रपिताको रूपमा उही शेखमुजीवउरलाई श्रद्धापूर्वक लिईन्थ्यो। उनैको जेठी छोरी शेख हसिना वर्तमानमा बङ्गलादेशको प्रधानमन्त्री थिईन्।

सरकारी ‘गोणो भवन’मा १६ वर्ष निरन्तर सत्तारोहण गरेकी शेख हसिना लोकप्रिय यसकारण थिईन्। उनी अतिश्रद्धालु नेता शेखमुजीवउरको विरासत बोक्ने छोरी त थिईन् नै विकासवादी तथा आर्थिक वृद्धिलाई उचाई बढाउँदै लगेकी आधुनिक बङ्गलादेशको नेतापनि। यद्यपि गत माघ महिनामा भएको राष्ट्रिय निर्वाचनमा ३५० मध्ये २२३ सीट जितेको पार्टी अवामी लिगका प्रमुख शेख हसिनाले पनि झण्डै(झण्डै बाबुकै पालाको जस्तो सन् १९७५ को नियति व्यहोर्नुपरेन। उनले ज्यान बचाउन सके पनि सत्ता बचाउन असमर्थ भईन्। बाहिरबाट हेर्दा एकाएक चर्किएको आन्दोलनमा ३२ वर्षीय नाहिद् इस्लाम विद्यार्थीअगुवाको रूपमा चिनिएको भएपनि ठूलो नेता कोही छैनन्। यद्यपि आन्दोलनको निर्णायक नेपथ्य र अन्तर्य भने डरलाग्दो देखिन्छ। देशभित्र विपक्षीविरुद्ध कठोर बन्नु उनको सबैभन्दा दुर्वलपक्ष देखिन्छ।

तर, देशलाई स्थिरता र विकाससँगै समृद्धि दिलाउनसक्नु उनको सवलपक्ष हो। उनको नेतृत्वले सन् २०२४ सम्म आइपुग्दा बङ्गलादेशको कूल गार्हस्थ उत्पादन दक्षिण एसियाली देशहरूमा भारतपछिको दोस्रोस्थानमा रहेको छ। बङ्गलादेशको कूल गार्हस्थ उत्पादन विश्वको ठूलो अर्थतन्त्रमध्ये ३३औं स्थानमा छ। त्यहाँ झण्डै साढे ४ खर्ब अमेरिकी डलरको अर्थतन्त्र छ। त्यसैगरी प्रतिव्यक्ति आय २६ शय ४६ अमेरिकी डलर पुगेको छ। अर्थात् करिब  ३ लाख ६० हजार। विश्व बैङ्कका अनुसार उनी सत्तामा आउनुअघि सन् २००८ सम्म प्रतिव्यक्ति आय करीब ६३० अमेरिकी डलर कायम थियो। कूल गार्हस्थ उत्पादन साढे ९१ अर्ब अमेरिकी डलर थियो। बङ्गलादेशको मुख्य आम्दानीमा धान, जूट, माछा, तयारी पोशाक तथा पानीजहान निर्माण तथा निकासी रहेको छ। जसको प्रवर्द्धनमा शेख हसिनाको महत्वपूर्ण भूमिका र दूरदृष्टिबाट सम्भव र सार्थकतुल्य हुँदै आएको थियो।

आन्दोलनको विजारोपणः ५३ वर्षअघि भएको पाकिस्तानबाट स्वतन्त्रता आन्दोलनमा सहभागी मुक्ति वाहिनीका पुस्तालाई जागीरमा ३० प्रतिशत आरक्षण दिईँदै आईएकोमा त्यसको विरोधस्वरूप सर्वप्रथम एक ३२ वर्षीय नाहिद् इस्लामले अगुवाई गर्दै विद्यार्थीलाई सडकमा उतारेका थिए। मुक्ति वाहिनीका परिवारबाहेक अन्य विभिन्न कोटाका थप २६ प्रतिशत आरक्षण बङ्गलादेशमा विद्यमान थियो। यसरी कूल १०० मा ३० र २६ गरी ५६ प्रतिशत आरक्षणले ढाक्दा खुलातर्फ बाँकी जम्मा ४४ प्रतिशतमात्रै रहन आउँछ। कोरोना कहरपछिको विश्वभर बेरोजगारको दरले बङ्गलादेशलाई पनि छोएको थियो।

विद्यार्थीको यो आन्दोलन एक हदसम्म जायज र स्वभाविक पनि थियो। तर, आन्दोलनले केवल विद्यार्थी वर्गलाई मात्रै तानेको थियो। आन्दोलनको क्रममा करीब २ शय जना विद्यार्थीको ज्यान गएपछि अभिभावक, राजनीतिक दल तथा आम जनताको ध्यान ताँनिदै गयो। तत्पश्चात् सर्वोच्च अदालतले आरक्षण ३० बाट घटाएर ५ प्रतिशतमा झार्यो। योसँगै आन्दोलन पनि शिथिलतातर्फ उन्मुख हुँदै थियो। तर, २ महिनाअघिको आक्रोशलाई आफूअनुकूलताको अवसरमा अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाले ढाल्न खोजेको शङ्काप्रतिको सुविधामा बल पुगेको छ। त्यो तर्कलाई तब बल पुग्न गयो, जब प्रधानमन्त्री शेख हसिना २०२४ जुलाई ११ मा चीन भ्रमण गरेर स्वदेश फर्किएलगत्तै एकाएक आन्दोलन पुनः चर्कियो।

गैह्र सरकारीसंस्थाको चलखेलको मेसो पाएकी प्रधानमन्त्रीले कुकी विद्रोहीद्वारा विद्यार्थीहरूलाई प्रशिक्षण पाईरहेको सूचना पाएपछि उनले आन्दोलित सबैलाई एकमुष्ठ आतङ्ककारीको संज्ञा दिँदै क्याम्पसमा सेना पठाएर आन्दोलनका अगुवाहरूलाई ‘सुट एट साइट’ अर्थात् देख्नेबित्तिकै गोली ठोक्ने अभियानलाई आक्रमक बनाईन्। जुन उनलाई महँगो र भारी पर्न गयो। सरकारविरुद्ध सबैतिर माहोल बनिरहेको परिस्थितिको ठोस विश्लेषण नै नगरी दमनमा उत्रिएकी शेखलाई सडकमा विद्यार्थीसँगै आमजनताको ठूलो हिस्सा पनि सहभागी भएको पत्तो पाईनन्। त्यसपछिको स्थिति भने शेख हसिनाले देश नै छोडेर भाग्नुपरेको यथास्थता उजागर नै छ। विकास र समृद्धिको सूत्रधार भएपनि केही हदसम्म शेख हसिनाको निरङ्कुशताको सीमा लगभग पार गरेकै थियो।

तसर्थ उनका समर्थनमा देशकै पहिलो र ठूलो दल भएरपनि अवामी लिगका कार्यकर्ता उनलाई बचाउन वा विपक्षीविरुद्ध उत्रन तयार भएनन्। आज आन्दोलनकारीबाट उनका पिता अर्थात् बङ्गलादेशका राष्ट्रपिता मानिँदै आएका शेखमुजीवउर रहमानको शालिक धमाधम भत्काईँदैछ। शेख हसिनाले आफ्नै जीवनकालमा बाबुको विभत्स हत्या र त्यसपछिका दिन बाबुलाई राष्ट्रगौरवको रूपमा बख्यान गरेको मात्रै देखिनन्, पुनः आफूसँगै बाबुलाई घृणाको पात्रको रूपमा तिरष्कृत भएको समेत देखेकी छन्।

आन्दोलनको नेपथ्य, अन्तर्य र सम्भावित दृष्यः

पछिल्लोसमय चीनले जसरी अरब सागरसम्मको पहुँचको लागि चीन(पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) आयोजना अघि बढाएजस्तै गरी बङ्गालको खाडी जोड्ने चीन(म्यान्मार आर्थिक करिडोर (सीएमईसी) लाई अघि बढाउँदै थियो। त्यसलाई रोक्नु अमेरिकाको लागि चुनौती बन्दै गएको जगजाहेर नै छ।

किनकि विश्वकै सुपरपावर कहलिएको देशले सबैतिर सन्तुलन मिलाएर राख्नुपर्ने स्थिति स्वभाविक नै हो। अमेरिकाले विश्वभर करीब १८० वटा क्षेत्रमार्फत् अढाई लाखभन्दा बढी सेनालाई तैनाथी गरेको छ। तसर्थ भारतसमेतलाई नजिकबाट नियाल्दै चीनलाई रोक्नको निम्ति बङ्गाल –आसियानक्षेत्रमा एउटा अभिने ठाउँको खोजीमा अमेरिकाले तगातार निगरानी राख्दै आएको विषय यसअघि नै विभिन्न सञ्चारमाध्यमबाट उजागित नै थियो।

यसैक्रममा बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले सन् २०२४ मे २७ का दिन दलको कार्यालयमा ‘गोरा अनुहारका मान्छेहरूबाट बङ्गलादेशमा सैन्यबेसको लागि दबाब आईरहेको’ बयान दिईन्। उनी यतिमा मात्रै रोकिनन्, ‘गोरा अनुहारका मान्छेहरूलाई म सत्तामा रहेको मन परेको छैन।’ उनले गोरा अनुहार भनेर अमेरिकातर्फ ईङ्गित गर्दै यस्तो बयान दिएकी थिईन्। उनको यो भनाईलाई संयोगमात्रै मान्न सकिनेस्थिति छैन। किनकि कालान्तरमा आईपुग्दा ‘बाघ कराउनु र बाख्रा हराउनु’जस्तैगरी उनी सत्ताबाट उखेलिएकी छन्। साथै बङ्गलादेशमा भएको पछिल्लो राजनीतिक घटनाक्रम र परिवर्तनबाट विश्वका सबैखालका देश प्रतिक्रिया दिनन तर्किरहेको बेला अमेरिकाले भने पछिल्लो घटनाक्रमलाई समर्थन गरेको छ। त्यसैगरी अन्तरिम सरकार प्रमुखको रूपमा मुहम्मद ८४ वर्षीय युनुस प्रस्तावित छन्। अक्सर यूरोपतिर बस्दै आएका छन्।

विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित युनुस विचारधाराको आधारमा पाश्चात्य मूल्यमान्यता शिरोधार गर्ने बङ्गाली हुन्। अब भन्नुपर्दैन होला, विश्वभर घोषित हीरो र नोबेल शान्ति पुरस्कार कस्ता(कस्ताले पाउँछन् भन्ने कुरा। हुनपनि केही समयअघिदेखि दक्षिणएसियामा अमेरिकी दूत डोनाल्ट लूको आवतजावत तीब्र रूपमा बाक्लिएको थियो। उनैले बङ्गलादेशको निर्वाचन धाँधलीपूर्ण र अपारदर्शी भनी टिप्पणी गरेका थिए।

जबकि पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खाललाई जेलमा कोचेर उनको दलको चुनवा चिह्नसमेत खारेज गरी गरिएको चुनावलाई डोनाल्टले समर्थन दिएका थिए। अर्थात् अमेरिकाले आफ्नो भलाई अनुरूप लोकतन्त्र तथा मानवाधिकारको परिभाषा फरक(फरक किटान गर्दछ। यतिबेला ज्यान जोगाउन भनी, देशै छोडेकी शेख हसिनालाई राजनीतिक शरणसमेत नदिने बेलायती निर्णयबाट पनि थप शङ्काको सुविधाप्राप्त हुन्छ कि, हसिनालाई पश्चिमाले पटकै रुचाएका थिएनन्।

अमेरिकाले पहिल्यैदेखि बङ्गलादेश अवस्थित सेण्ट मार्टिन नामक टापुलाई उपयुक्त स्थानको रूपमा किटान गर्दै आएको थियो। त्यहाँ सैन्यअड्डा बनाउने प्रस्ताव गरेको स्वयम् बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले सङ्केत गरेकी थिईन्। तर त्यसलाई पटक(पटक अस्वीकार गर्दैआएकी थिईन्। यही कुराको बयान उनले मे २७ मा सार्वजनिक गरेकी थिईन्। वास्तवम अमेरिका पनि चाहने नै भयो कि, पूर्वीटीमोरको मोडलबाट ईसाई बाहुल्य नयाँदेश बनाउनेमा।

ईसाई बाहुल्यक्षेत्रलाई छुट्याएर सन् २००२ मे २० मा अमेरिकाले ईण्डोनेशियाबाट अलग्याएको मोडेललाई पूर्वीटीमोर मोडल मानिन्छ। एसियाको सबैभन्दा कान्छो देश पूर्वीटीमोर धर्मको आधारमा नयाँदेश बन्नसक्छ भन्ने नजीरबाट बङ्गलादेशको चित्तोग्राम अन्तर्गतका सेण्ट मार्टिन टापुसहित कक्सबजार, भारतको पूर्वोत्तरका मणिपुर र मिजोरम तथा म्यान्मारको हाँखा र सित्वे राज्यका रखाइन र चीन राज्य मिलाएर नयाँ स्वतन्त्र देश बन्नसक्ने वैश्विकमञ्चमा बहसको विषय हुन सक्छ।

विवादितक्षेत्रमा कुकी(चीन नेशनल फ्रण्ट (केएनएफ) र यूनाईटेड लिबरेशन फ्रण्ट अफ असम ९उल्फा० विद्रोहीहरूको दबदबापूर्ण क्षेत्र हो। जो बङ्गाली सेनासँग भएबराबरको आधुनिक हातहतियार बोक्ने हैसियत राख्छन्। उल्फाको मुख्य अंश भारतको केन्द्रीयसरकार तथा असमसरकारबीच त्रिपक्षीय सम्झौतामार्फत् यो शान्ति प्रकृयामा आईसकेको छ।

यद्यपि उल्फाबाट टुक्रेका २ सङ्गठन र कुकी भने अझै सशस्त्र युद्धमा छन्। यही क्षेत्रभित्र बहुसङ्ख्यक ईसाई बसोबास गर्दछन्। यहाँ ईसाई मिसिनरीहरू दशकौंदेखि सकृय थिए। तसर्थ त्यहाँ बेलाबखत छुट्टै ईसाई देशको माग उठ्दै आएको छ। जसलाई पछिल्लो दशक कुकी विद्रोहीहरूले बूष्ट गर्दै आएको छन्।

केही समयअघि बङ्गलादेशको कलेज तथा विश्वविद्यालयमा करीब २५ शय कुकीका लडाकुले हतियारसहित प्रवेश गरेको र कम्युनिष्ट विद्यार्थी सङ्गठन बनाउँदै युद्धमा हौसाईरहेको समाचार बाहिरिएको थियो। तथापि बङ्गलादेशी सरकारले १०० भन्दा ज्यादा कुकी विद्रोहीका लडाकुलाई गिरफ्तार गरेको थियो। गिरफ्तारमा परेका लडाकुबाट अत्याधुनिक अमेरिकी हतियार बरामत गरिएको खबर सञ्चारमाध्यमले प्रकाशित गरेका थिए।

दक्षिण एसियामा एउटा शान्तिपूर्ण, स्थितरताको लहरमा आर्थिक भर्या ङको तीब्र गतिमा फड्किदैँं गएको बङ्गलादेश अन्ततस् राजनीतिक अस्थिरता र अनिश्चितताको भूमरीमा जगडिन पुगेको छ। अमनचयनको श्वास फैर्दै गरेको देशमा अब अराजकता, अशान्ति, कलह ९नयाँ(नयाँ खालको मुद्दा० सँगै दीर्घकालीन सशस्त्रसङ्घर्षको शृङ्खला शुरु हुने निश्चित छ।

त्यहाँ अल्पसङ्ख्यकको रूपमा रहेका हिन्दु, बौद्धलगायत जनसङ्ख्या निशानामा पर्ने सम्भावना अधिक छ। आशा र कामना गरौं, बङ्गलादेशमा जो कोहीको सरकार बनेतापनि पूर्ववत् प्रगति, शान्ति सुव्यवस्था तथा अमनचयन कायम होस्। एक छिमेकीको नाताले उदासीन हुन त सकिएन, गर्न पनि केही सकिँदैन। बस्, एउटा शुभेच्छा राख्न सकियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?