गगन थापा भन्छन्ः आजभोलि सञ्चार माध्यममा बोल्दा पनि डर लाग्छ

गगन थापा भन्छन्ः आजभोलि सञ्चार माध्यममा बोल्दा पनि डर लाग्छ
+
-

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चार माध्यामहरुले सही सूचना दिन नसकेको टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सञ्चार माध्यमहरुले सही सूचना नदिँदा आफूलाई अभिव्यक्ति दिँदा पनि डर लाग्ने गरेको गुनासो गरे।

आजभोलि कहीँ गएर बोल्दा डर लाग्ने कारण खुलाउँदै उनले १० मिनेट बोलेको दर्शकसम्म १० सेकेण्डको मात्रै हुने हुँदा त्यसले आफ्नो भनाइको भाव बोक्न नसक्ने उल्लेख गरे।

महामन्त्री थापाले सामाजिक सञ्जालले पनि पीडा थप्ने काम गरिरहेको बताए। राजनीतिकभन्दा फरक विषयको खोजी गर्नसके सञ्चार माध्यमहरुको बजार थप हुने उनको भनाइ थियो।

उनले भने, ‘हामीलाई आजभोलि कहीँ गएर बोल्दा डर लाग्छ। मैले अहिले १० मिनेट यहाँ बोलेँ भने साँझ सुन्ने स्रोतसम्म पुग्दा वा हेर्ने दर्शकसम्म पुग्दा त्यो १० सेकेन्डको मात्रै हुन्छ। त्यो १० सेकेण्डले मेरो १० मिनेटका भाव बोक्दैन। तर त्यसैको आधारमा मेरो धारणा बनाउँछ। जसले बजाएको छ, उसलाई आज मैले देखाइदिए भन्ने लाग्छ। तर कुनै बेला ऊ आफैँ हेर्नेमा पर्छ। यसकारण हामी एक अर्काका पीडित हौँ। हाम्रो सामाजिक सञ्जालको जुन उद्योग छ, त्यसले पनि एकअर्कालाई दुःख दिइराखेको छ। यसबाट माथि उठ्नुपर्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?