प्रचण्डलाई जनार्दनले भनेः तपाईंलाई हटाएर अध्यक्ष हुनु छैन

प्रचण्डलाई जनार्दनले भनेः तपाईंलाई हटाएर अध्यक्ष हुनु छैन
+
-

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताएका छन्।

पार्टी स्थायी समिति बैठकमा आफूले अबको दुई सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष प्रचण्डलाई सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ? भनि प्रश्न पनि गरे।

शनिबार पार्टीको रुकुम–काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी भएका थिए। सोही कार्यक्रममा बोल्दै उनले अध्यक्ष दाहाललाई तपाईंको भूमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरुलाई दिनुस् भन्दा आफूमाथि नेतृत्वविरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे।

उपमहासचिव शर्माले दाहाललाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको बताए। पार्टीलाई समाप्त हुन नदिनका लागि आफूले अध्यक्ष दाहाललाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रस्ताव गरेको पनि उपमहासचिव शर्माको स्पष्टीकरण थियो।

उनले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रुपमा खण्डन गर्नुपर्ने माग गरे।

‘वैचारिक अथोरिटी लिनुहोस्। सत्ताको नेतृत्व गर्नुस्। संगठनको जिम्मा अरुलाई दिनुस् भनेको हो मैले। यो के अन्याय हो? यो के उहाँप्रति अपमान हो? यो के उहाँहरुलाई हटाएर म अध्यक्ष हुन खोजेको हो? मलाई चाहिएको छैन। मैले भनेको छु उहाँलाई, मलाई चाहिएको छैन। तपाईंलाई हटाएर मलाई अध्यक्ष हुनु छैन,’ उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?