विपद्‌मा परी हालसम्म १८२ जनाको मृत्यु

विपद्‌मा परी हालसम्म १८२ जनाको मृत्यु
+
-

काठमाडौँ – अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत मनसुनजन्य विपद्‌मा परी आज दिउँसोसम्म १ सय ८२ जनाको मृत्यु भएको छ।

बाढी, पहिरोलगायत विपद्‌मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५५, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय ८२ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार बाढीपहिरोका कारण काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी दुई सय ३३ जना घाइते भएका छन् ।

यसैगरी काठमाडौँ उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी एक सय १३ जनाको उद्धार गरिएको पनि प्रवक्ता कार्कीले जानकारी दिए।

उनले भने, ‘बाढीपहिरोमा परी कोशी प्रदेशमा तीन, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ५० जना वेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ।’

बाढीका कारण आजसम्म तीन सय ८४ घर डुबानमा परेका, तीन सय २१ घर, एक सय ११ गोठ, ५१ पुल, चार विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ। बाढीपहिरामा परी सोही अवधिमा आठ सय ३८ पशुचौपाया मरेका छन्। यस्तै, चार हजार सात सय ८७ परिवार विस्थापित भएका प्रहरी प्रवक्ता कार्कीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?