पोखरामा स्कुल बसले ट्याक्सी किच्यो, बसका चालक घाइते

पोखरामा स्कुल बसले ट्याक्सी किच्यो, बसका चालक घाइते
+
-

पोखरा – पोखरामा स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन्। शुक्रबार दिउँसो पोखरा महानगरपालिका–१७ घारीपाटन चोकस्थित हिमालयन आँखा अस्पतालको प्रवेशद्वारनजिकै न्यू मोडल सेकेन्डरी स्कुलको ग १ क ४६६१ नम्बरको विद्यार्थी बोकेको बस सडकबाट तीन मिटर तल खसेको हो।

दुर्घटनामा बस चालक स्याङजाको भीरकोट नगरपालिका–२ बयरघारी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९ कृष्णटोल बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए। घाइते गुरुङको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। अवस्था मध्यम रहेको शर्माले बताए। बसमा २० जना विद्यार्थी सवार थिए। ‘बसमा सवार सबै विद्यार्थी सकुशल छन्। कुनै चोटपटक लागेको छैन’, उनले भने।

स्कुल बस गुडिरहेको तलपट्टिको सडकमा पार्किङ गरेको ट्याक्सी किचेको छ। ग १ ज २९३४ नम्बरको ट्याक्सीको अगाडि र पछाडि क्षति पुगेको छ। ग १ ज २२४१ नम्बरको ट्याक्सीमा अगाडिको भाग र ग १ ज ४१८० नम्बरको ट्याक्सीको बम्पर र सिसा फुटेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?