डाेजर चल्यो लेकसाइडमा

डाेजर  चल्यो लेकसाइडमा
+
-

पोखरा- फेवातालको छेउमा जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन डाेजर चलेको छ।

पोखरा लेखनाथ महानगरपालिकाले उक्त ठाउँमा बनाएका संरचना भत्काउन डाेजर लगाएको हो। पर्यटकीय स्थल पोखराको प्रमुख आकर्षक केन्द्र फेवातालको जग्गा अतिक्रमणको विषयमा निकै बहस चले पनि बल्ल महानगरले चासो देखाएको छ।

पटकपटक सूचना जारी गर्दा समेत बेवास्ता गरेपछि उक्त स्थानमा महानगरले डाेजर चलाएर भत्काउन सुरु गरेको हो। महानगरपालिकाले ढल्केबरमा निर्माणधीन अवस्थामै निर्माण सामाग्री जफत गरेर चेतावनी दिँदासमेत अटेर गरेको भन्दै बिहीबार लक्ष्मीनारायण श्रेष्ठको घर भत्काएको छ।

त्यसैगरी केही व्यवसायीले फेवातालको माथिल्लो भाग खपौदीं र ढल्केवर, गैराको चौतारा क्षेत्रमा तालसँगै घरटहरा निर्माण कार्य गरिरहेको निर्माण कार्य तुरुन्तै रोक्न महानगरले सूचना जारी गरेको छ। महानगरलाई अटेर गरी नियम विपरीत जानेहरुको संरचना छिट्टै भत्काइने पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए।

‘सिमसार क्षेत्रमा स्थानीय निकायको अनुमतिबिना आफ्नै जग्गामा पनि माटो खन्न वा थुपार्न पाइँदैन,’ उनलेे भने, ‘फेवाताल सिरानक्षेत्र खपौदींमा अतिक्रमण गरी घर टहरा निर्माण भइरहेका छ्न्, अब कारबाहीको प्रक्रिया अघि बढ्छ।’

महानगरपालिका र जिल्ला समन्वय समिति कास्कीले कुनैपनि व्यक्ति वा संस्थालाई यसरी सिमसार क्षेत्रमा माटो खन्न तथा थुपार्न कुनै सिफारिस नदिएको जनाएको छ। बनिसकेका संरचना पनि हटाउन स”चना जारी गरिसकेकोले अब सबै संरचना हटाइने जिसीले बताए।

फेवातालको क्षेत्रफलभित्र पर्ने जग्गामा तालको माथिल्लो भागको छेउमा थुप्रै निजी संरचना बन्दै गएको छ। १० हजार रोपनीमा फैलिएको फेवाताल यसरी नै अतिक्रमण हुँदै जाने र खहरे खोलाले बगाएर ल्याएको ढुङ्गामाटो तालमा मिसिएमा फेवातालको अस्तित्व नै संकटमा पर्ने र तालपोखरीमा परिणत हुन सक्ने सरोकारवालाहरु बताउँछन्।

अतिक्रमित गरी बनाइएका घरटहरा हटाउने कार्यमा महानगरले पछि हटन नहुने उनीहरुको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?