
काठमाडौँ – मर्स्याङ्दी नदीमा खसेर बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ।
भारतीय पर्यटक बोकेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनपहरास्थित पृथ्वी राजमार्गबाट करिब तीन सय मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो।
दुर्घटनामा २६ जनाको घटनास्थल र आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा तथा एक जनाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बसमा चालक र सहचालकसहित ४३ जना सवार थिए।
दुर्घटनामा ज्यान गुमाएका २७ जनामध्ये २६ जनाको सनाखत भएको छ। यस्तै, घाइते १६ जनाको पनि पहिचान खुलेको छ।
दुर्घटनामा ज्यान गुमाउनेको नामावली
१. वर्ष ४५ का सुहास प्रभाकर राणे – पुरुष
२. वर्ष ४२ की सरला सुवास राणे – महिला
३. वर्ष ५७ की नीलिमा सुनिल घाडे – महिला
४. वर्ष ६२ का तुक्सीराम तायडे – पुरुष
५. वर्ष ४५ की मंगला विलास राणे – महिला
६. वर्ष ६० का सुधाकर वकीराम जावके – पुरुष
७. रोहिणी सुधाकर जावके
८. सागर कडु जावके
९. वर्ष ६० की भारती प्रकाश जावके –महिला
१०. वर्ष ५० को संदिप राजाराम सरोदे – पुरुष
११. पल्लवी सन्दीप सरोदे
१२. गणेश पाण्डुरंग भारंवे
१३. सुलभा पाण्डुरंग भारंवे
१४. मिनल गणेश भारंवे
१५. वर्ष ६ की परी गणेश भारंवे – महिला
१६. नीलिमा चन्द्रकान्त जावके
१७. वर्ष ४४ को पंकज भगवन भंगाके (पुरुष
१८. अनिता अविनाश पाटिल
१९. मुर्तीजा खान
२०. वर्ष २८ को अनुप सरोजे (पुरुष
२१. वर्ष ६० की सरला तुडसिराम ताछेडे – महिला
२२. वर्ष ६२ की सुल्क वारमे – महिला
२३. रुपाली हेमराज सरोजे
२४. गोकर्णी सन्दीप सरोदे
२५. वर्ष १६ की सदना सुहास राय
२६. सरोज मनोज भिरुक
२७. एकजनाको सनाखत हुन बाँकी
शिक्षण अस्पताल काठमाडौँ उपचाररत घाइतेः
१. ६० वर्षीय सुनिल झाण्डे
२. ४५ वर्षीया भारती पटेल
३. ३२ वर्षीय अविनाश पटेल
४. ४५ वर्षीया रेखा कोटी
५. ५५ वर्षीय न्यारेश्वर नोन्डे
६. ५८ वर्षीय आनन्द इक्ले
७. ६० वर्षीया आशा पाण्डुरा पटेल
८. ६० वर्षीया शारदा पटेल
९. ५५ वर्षीय प्रवीण पटेल
१०. ५६ वर्षीय हेमराज सरौती
११. ५८ वर्षीया आशा बोन्डे
१२. ४३ वर्षीया रूपाली सरौदी
१३. ५६ वर्षीय हेमराज सरोद
१४. ४५ वर्षीय सिम अनन्तास्कन्डे
१५. ६७ वर्षीया कुमोदिनी झाप्रे
१६. ४२ वर्षीय नेलिमा घेरोङ