मर्स्याङ्दी बस दुर्घटनामा ज्यान गुमाउने २४ जनाको पहिचान खुल्यो (नामावलीसहित)

मर्स्याङ्दी बस दुर्घटनामा ज्यान गुमाउने २४ जनाको पहिचान खुल्यो (नामावलीसहित)
+
-

पोखरा – पृथ्वी राजमार्गबाट मस्र्याङ नदीमा खसेको भारतीय बसमा सवार २४ मृतकको पहिचान खुलेको छ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। एक जनाको चितवनस्थित पूरानो मेडिकल कलेजमा र बाँकी २६ जनाको आँबुखैरेनी अस्पतालमा मृत्यु भएको हो।

अधिकांशको ठेगना नखुलेपनि नामथर खुलेको गण्डकी प्रदेश प्रहरी कार्यालयका डिएसपी दीपक केसीले बताए। उनका अनुसार मृतक तीन जनाको पहिचान खुल्न बाँकी छ।

पूरानो मेडिकल कलेज भरतपूरमा ज्यान गुमाउनेमा १६ वर्षीया सदना सुहास राय रहेकी छन्।
१० वर्षीया परी भारते, ६० वर्षीया सल्बा भारन्दे भारते, ५० वर्षीया निलिमा जाउडे,
४२ वर्षीया सरला रानी, वर्ष ४४ का पंकज भंगाडेको मृत्यु भएको हो।

दुर्घटनामा परी ५० वर्षीय सन्दीप राजाराम सरादे, ५० वर्षीया निलिमा झाण्डे, ५५ वर्षीय तुलसीराम ताइडे, ४० वर्षीय गणेश मानन्दे, ४३ वर्षीया पल्लादे सरादे, ४५ वर्षीया अनिता पाटेल, ५२ वर्षीया भारती जाउडे, ५१ वर्षीया रोहहणी जाउडे, ६० वर्षीया सुलोभा भारण्डे, ४५ वर्षीय सुवास राणेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यस्तै ५० वर्षीया प्रकाश नाथकोटी, ३५ वर्षीया लिना भारन्डे, ६० वर्षीय सुधाकर ताउडे, ३५ वर्षीय सागर जाउडे, अन्दाजी ५० वर्षका सरोज मनोज भिरुक, २५ वर्षीय अनुद सरद, ५६ वर्षीया भारती जाउडे, ५१ वर्षीया सरला तुलसीराम तायडेको आँबुखैरेनी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्।

अस्पतालमा मृत्यु भएका अन्दाजी ५० वर्षकी महिला र ५५ वर्षका पुरुषसँगै अर्का ४५ वर्षका पुरषको पहिचान खुल्न बाँकी छ।

१६ जनाको अवस्था गम्भिर छ। उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं लगिएको छ।

दुर्घटनामा घाइते हुनेहरुमा ६० वर्षीय सुनिल झाण्डे, ४५ वर्षीया भारती पटेल, ३२ वर्षीय अविनास पटेल, ४५ वर्षीया रेखा कोटी, ५५ वर्षीय न्यारेश्वर नोन्डे, ५८ वर्षीय आनन्द इक्ले, ६० वर्षीया आशा पाण्डुरा, ६० वर्षीया सारदा पटेल, ५५ वर्षीय प्रविण पटेल, ४० वर्षीया मनिषा भंगाडे, ५६ वर्षीय हेमराज सरौती, ५८ वर्षीय आशा बोन्डे, ४३ वर्षीया रुपाली सरौदी, ४५ वर्षीया सीमा झिङ्गठे, ६० वर्षीय सुनोदिन झाउडे, ५५ वर्षीया नेलिमा घेरोङ रहेका छन्। उनीहरुको काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते १६ जना गम्भीर रहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?