नेपालगन्ज उपहानगरपालिकाद्वारा छाडा पशुचाैपाया व्यवस्थापन सुरु

नेपालगन्ज उपहानगरपालिकाद्वारा छाडा पशुचाैपाया व्यवस्थापन सुरु
+
-

नेपालगन्ज- नेपालगन्ज उपहानगरपालिकाले नगरमा छाडा छाडिएका पशुचौपाया व्यवस्थापन गर्न थालेको छ। यो समयमा बर्सेनि सडकमा छाडा पशुचौपायाको संख्या बढ्ने गर्दछ। जथाभावीरुपमा पशुचौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेपछि व्यवस्थापन गर्न थालिएको हो।

आजदेखि नगरका छाडा पशुचौपायालाई धपाउँदै काञ्जीहाउस लैजान थालिएको छ । आज बिहान छाडा छाडिएका ६४ वटा पशु वडा नम्बर २१ विर्तास्थित काञ्जीहाउसमा लगिएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले जानकारी दिए।

तीमध्ये गाईगोरु ५२ वटा र घोडा १२ वटा छन्। जिल्ला प्रहरी कार्यालय, बाँकेको सहयोगमा नगर प्रहरीले नगरका विभिन्न स्थानमा छाडा छाडिएका पशुचौपाया एकत्रित गरेर काञ्जीहाउस पुर्‍याएको हो।

नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापन कार्यमा सहयोगका लागि जिल्ला प्रहरी कार्यालय बाँकेलाई धन्यवाद दिएको छ ।

नगर प्रमुख प्रशान्त विष्टले आ-आफ्ना पशुचौपाया घरमै बाँध्न आग्रह गरेका छन्। नगर प्रमुख विष्टले पशुचौपाया छाडा छाडेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिए।

‘सडक कुरूप बनेको छ, दुर्घटनाको जोखिम बढेको छ। सम्बन्धित पशुधनीले आफै सडकमा पशु छाड्ने गरेका छन्। सबैलाई मेरो आग्रह छ, पशुचौपाया घरमै बाँधौं। अन्यथा हामी कडा कारबाही गर्न बाध्य हुनेछौं,’ नगर प्रमुख विष्टले भने।

नेपालगन्जमा खुला सीमानाका कारण पनि छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती थपिएको छ। रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?