गुँला पर्वको अवसरमा स्वयम्भुमा सप्तविधानुत्तर पूजा

गुँला पर्वको अवसरमा स्वयम्भुमा सप्तविधानुत्तर पूजा
+
-

काठमाडौँ- गुँला पर्वका अवसरमा स्वयम्भूनाथमा आज सप्तविधानुत्तर पूजा गरिएको छ। वरिष्ठ तथा ज्येष्ठ नागरिक समाज काठमाडौँ महानगरपालिका- १५ स्वयम्भूले आयोजना गरेको पूजामा मुलाचार्य, उपाध्याय तथा अन्य गुरुहरूले सामूहिक रूपमा उक्त पूजा गरेका छन्।

समाजका अध्यक्ष शारदामुनि बज्राचार्यका अनुसार बौद्ध धर्मका अनुयायीहरूले विभिन्न प्रकारबाट पूजा गर्ने गर्दछन्। तीमध्ये प्रख्याति सप्तविधानुत्तर पूजा एक हो। उनका अनुसार सप्त भनेको सात र विधान भनेको विधिविधान हो। पूजाविधिअन्तर्गत बौद्ध बज्रयानी अभ्यासमा चारतन्त्रबमोजिम क्रियातन्त्र, चर्यातन्त्र, योगतन्त्र र अनुत्तर योगतन्त्र हुने गर्दछ।

सप्तविधानुत्तर पूजालाई उच्चतम श्रद्धा र आस्थायुक्त पूजा क्रियाको रुपमा लिने गरिन्छ। बज्राचार्यका अनुसार आफ्नो र अरुको हित गर्ने, विभिन्न ग्रहदशा निवारण भई सुख, शान्ति र आनन्दका लागि यो पूजा गरिन्छ।

सुखमा, दुःखमा, जन्मदिनमा आपत्विपत् परेको समय, गृहकलहलगायत बेला यो पूजा गर्ने गरिन्छ। एक देखि एक सय आठ गुरुहरूबाट यो पूजा हुने जानकारी दिँदै बज्राचार्यले यो महिना भगवान् बुद्ध ध्यानमा बसेको महिना हो, त्यसैले यस समयमा मानिसले आफ्ना खराब खानपान तथा व्यवहार त्याग्ने पनि गर्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?