
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ। नवप्रवेशी इप्सविच टाउनलाई ४-१ ले हराउँदा उसका स्टार स्ट्राइकर अर्लिङ हालान्डले ह्याट्रिक पुरा गरेका थिए।
यद्यपि खेलमा अग्रता भने इप्सविच टाउनले ७ औं मिनेटमा समिइ स्मोडिकको गोलमार्फत सनसनीपूर्ण अग्रता बनाएको थियो। तर सिटीले उसको अग्रता लामो समय टिक्न दिएन्। अर्लिङ हालान्डले १२ औ मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल गरे। २ मिनेट पछिनै केभिन डि ब्रुएनेले खेलमा अग्रता दिलाए। टिमका लागि तेस्रो गोल डि ब्रुएनेकै पासमा हालान्डले गर्दै ४ मिनेट भित्र तीन गोल गर्दै सिटीले रवाफिलो अग्रता बनायो।
यद्धपि त्यसपछि भने दुबै टोलीले गोलका लागि संघर्ष गरेपनि सिटीका लागि ८८ औं मिनेटमा हालान्डले ह्याट्रिक पुरा गर्दै खेलमा ४-१ को फराकिलो अग्रता सहित सिटीलाई अङ्क तालिकाको शीर्ष स्थानमा पुर्याए।
त्यस्तै अर्को खेलमा टोटेनह्यामले एभर्टनमाथि ४-० को सहज जित निकाल्यो। टोटेनह्यामको जितमा दक्षिण कोरियन स्टार सन ह्युङ मिनले २ गोल गर्दा वाइभेस विसौमाले र क्रिश्टियन रोमेरोले समान १-१ गोल गरेका थिए। जारी प्रिमियर लिगमा टोटेनह्यामको यो पहिलो जित हो। पहिलो खेलमा लेस्टर सिटीसँग बराबरी खेलेको थियो।