
वीरगञ्ज- वीरगञ्जबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्। लागुऔषधसहित पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका- ११ भर्याङ टोल बस्ने २३ वर्षीय सुस्मिता परियार रहेकी छन्।
वीरगञ्ज महानगरपालिका-१६ वीरगञ्ज भन्सार कार्यालय गेटस्थित चेकजाँच गर्ने क्रममा आफ्नो तिघ्रामा लुकाएर ल्याएको अवस्थामा परियारको साथबाट लागुऔषध नुर्फिन दस एम्पुल, फेनारगन दस र डाइजेपाम दस एम्पुल गरी तीस एम्पुल बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी दिपक भारतीले जानकारी दिए।
पक्राउ परेकी उनीविरुद्ध लागुऔषध सम्बन्धि कसुरमा अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको भारतीले बताए।