वीरगञ्जमा खुल्यो मधेश प्रदेशकै ठूलो इलेक्ट्रिक कारको सोरुम

वीरगञ्जमा खुल्यो मधेश प्रदेशकै ठूलो इलेक्ट्रिक कारको सोरुम
+
-

वीरगञ्ज – वीरगञ्जमा मधेस प्रदेशकै ठूलो इलेक्ट्रिक कारको सोरुम खुलेको छ। निरज अटोमोबाइल प्रालिले वीरगञ्जको गण्डक चोकमा प्रिमियम चाइनिज ब्रान्ड बिवाइडी कम्पनीको विद्युतीय कारको बिक्री–वितरणका लागि सोरुम खुलेको हो।

सोरुममा अहिले बिवाइडी कम्पनीको तीन वटा कारको मोडल उपलब्ध छन्। जसमा बिवाइडी एटो थ्री को एड्भान्स, सुपेरियर र डल्फिन मोडल रहेका छन्।

४० देखि ७० लाखसम्म मूल्य पर्ने यी इलेक्ट्रिक कारमा सोरुमले २० प्रतिशत डाउन पेमेन्ट गरी फाइनान्सको पनि सुविधा दिएको सोरुमका प्रबन्धक सौरभ सिंहले जानकारी दिए।

बिजुलीबाट चार्ज गरेर चल्ने यी तीनवटै कारलाई एक पटक चार्ज गरेपछि चार सय बीस किलोमिटरसम्म चल्न सक्ने क्षमता रहेको उनले बताए।

सेल्स, सर्भिस, स्पेयर्स गरी तीन वटै सुविधा शोरुमले दिने भएका कारण इलेक्ट्रिक कारको मधेस प्रदेशमै सबैभन्दा ठूलो सोरुम भएको दाबी सिंहले गरे।

प्रदेशका अन्य इलेक्ट्रिक कारको सोरुममा यी तीनवटै सुविधाहरु नभएको उनको भनाइ छ।

डिजेल र पेट्रोलको मूल्य बढिरहेका बेला कम पैसामै चार्ज गरेर चलाउन सकिने इलेक्ट्रिक कारतर्फ आकर्षित भएको तथा यसअघि सोरुम नभएकै अवस्थामा ९० वटा इलेक्ट्रिक कार बिक्री पनि गरिसकिएकाले सोरुम नै खोलिएको सिंहले बताए।

गत शुक्रबार निरज अटोमोबाइलका सञ्चालक निरज सरार्फ, पंकज अग्रवाल, उत्तम अग्रवालले संयुक्त रुपमा रिबन काटेर सोरुम उद्घाटन गरेका थिए।

गाडी वातावरणमैत्री भएको हुँदा अत्यधिक रुचाइएको सोरुम सञ्चालकको दाबी छ। विद्युतीय गाडी चलाउन पनि सहज, खर्च पनि कम र यात्रा पनि आरामदायी हुने विश्वास गरिएको छ।

अहिले वीरगञ्जमा पनि करिब दश स्थानमा इलेक्ट्रिक चार्जिङ स्टेसनसमेत खुलिसकेको छ। चिनियाँ कम्पनी बिवाइडीको आधिकारिक बिक्रेता इमेक्स इन प्रालिका सेल्स हेड आशुतोष गौतमका अनुसार अहिले १५ वटाभन्दा बढी सोरुम सञ्चालित छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?