तीन हप्तापछि खुल्यो गमगढी–तारापानी–सोरुकोट सडक

तीन हप्तापछि खुल्यो गमगढी–तारापानी–सोरुकोट सडक
+
-

मुगु – अवरुद्ध भएको तीन हप्तापछि गमगढी–तारापानी सडक खुलेको छ। सोरु गाउँपालिका –८ आशिधारा खोला भन्ने स्थानमा पहिरो आई करिव ३०० मिटर सडक लगेपछि गत महिनाको १५ गतेबाट यो सडक अवरुद्ध भएको थियो।

सडक अवरुद्ध भएपछि सोरुगाउँपालिकातिर जाँदा र सदरमुकाम गमगढीतिर आउँदा तीनवटा गाडी फेर्नुपर्ने बाध्यता थियो। पहिरो पार गर्दा जोखिम मोलेर दौडनुपर्ने अवस्था थियो।

गाउँपालिकाले ४ गतेदेखि नै पहिरो पन्छाउन खोजे पनि वर्षा भैरहेको र थप माथिमाथि पहिरो आएर काम गर्ने स्काभेटरसमेत छोपिने सम्भावना देखिएपछि केही दिन सडक खुलाउने काम रोकिएकाे थिय।

मौसममा केही सुधार आएकाले पुनः काम शुरु गरी सोमबारबाट यो खण्ड सुचारु भएको कामको जिम्मा लिएका निर्माण व्यवसायी बलिराज शाहीले जानकारी दिए।

कर्णाली प्रदेश सरकार मातहतको यो सडक खुलाउन प्रदेश सरकारले आजसम्म कुनै पहल गरेको छैन । गत वर्ष पनि सोही स्थानमा पहिरो आउँदा महिना दिन सडक अवरुद्ध भएको थियो। त्यो बेला पनि सोरु गाउँपालिकाले विकास बजेट काटेर सो ठाउँ पहिरो पन्छाएर सडक खुलाएकाे सोरु गाउँपालिकाका उपाध्यक्ष केशरजङ्ग शाहीले बताए।

पहिरो गएको आशिधारा खोलाको ५ गते प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी,सशस्त्र प्रहरी नायव उपरीक्षक नवराज विक्रम कुँवर,नेपाल पत्रकार महासङ्ग मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल र सोरु गाउँपालिका उपाध्यक्ष केशरजङ्ग शाहीसहितको टोलीले स्थलगत अवलोकनसमेत गरेको थियो।

अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी केसीले स्थानीयलाई तत्काल समस्या समाधान र जनतालाई सहजता दिन पहिरो पन्छाएर अस्थायी ट्रयाक खोल्न गाउँपालिकालाई सुझाव दिएका थिए।

‘गत वर्ष पनि सोही स्थानमा ठूलो पहिरो गएकाले जनताको अन्य विकास योजना काटेर सामान्य सडक खुलायौँ, यो चोटि पनि उधारोमा पहिरो पन्छाएका छौँ, पालिकाको कुनै विकास काटेर तिर्नुपर्छ, आफ्नो मातहतको सडक नभए पनि कर्णाली प्रदेश सरकार कानमा तेल हालेर बसेको छ, हाम्रा जनताले दुःख पाउने भएकाले उधारोमा मनाएर भए पनि सडक खुलाएका छौँ,’ गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?