विगत दुई दिनमा लागुऔषधसहित झापाबाट ६ जना पक्राउ

विगत दुई दिनमा लागुऔषधसहित झापाबाट ६ जना पक्राउ
+
-

झापा- झापामा लागुऔषधसहित ६ जना पक्राउ परेका छन्।
गएराति ९:५५ बजे शिवसताक्षी नगरपालिका- ११ दुधे चोकमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले झिलझिलेबाट माइधारतर्फ आउँदै गरेको प्र १-०१-०१५ प ३२२ नम्बरको स्कूटीको डिकीभित्र लागुऔषध फेला परेको हो।

स्कूटीमा ट्रामाडोल १७४ क्याप्सुलमध्ये ८ वटा क्याप्सुल प्रयोग गरी १६६ क्याप्सुल बाँकी रहेको, कोलिबान १६० क्याप्सुलमध्ये ६ वटा प्रयोग गरी १५४ वटा क्याप्सुल बाँकी रहेको फेला पारेको हो। स्कूटीसहित स्कूटीमा सवार तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा स्कूटी चालक शिवसताक्षी- १० माइधार बस्ने २२ वर्षीय दिपेश तामाङ, सोही वडाको झरना चौक बस्ने २५ वर्षीय सिमान्त सुब्बा र वडा- ३ धरमपुर बस्ने १९ वर्षीय श्याम दर्जी रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ।

त्यस्तै, हिजो दिउँसो १ बजे दमक नगरपालिका- ५ बस्ने २० वर्षीय अर्जुन कार्कीलाई इलाका प्रहरी कार्यालय दमकले लागुऔषधसहित पक्राउ गरेको छ।

प्रहरी टोलीले शंका लागेर तलासी लिँदा झोलाभित्र लुकाई छिपाई राखेको प्रतिवन्धित औषधि ट्रामाडोल २०० क्याप्सुल र डिसाइक्लोमिन २०० क्याप्सुल फेला परेको थियो। उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

यसैगरी, हिजो साँझ ६:३० बजे भद्रपुर नगरपालिका- ५ मेची पुलमा अस्थायी प्रहरी बिट मेची पुल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प ३२८७ नं.को मोटरसाइकलमा सवार भद्रपुर ८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित साहलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको मलद्वारमा प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै १३ ग्राम ३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो।

उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याई सोधपुछ गर्ने क्रममा भक्तपुर सूर्यविनायक नगरपालिका- ३ बस्ने २८ वर्षीय सन्दिप थापाका लागि ल्याएको बताएपछि उनलाईसमेत खोजतलास गर्ने क्रममा भद्रपुर ८ स्थित हस्पिटल मोडबाट पक्राउ गरिएको छ।

दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान कार्य जारी रहेको डिएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?