आई केयर फाउण्डेसनले ४०औँ स्थापना दिवस मनाउँदै

आई केयर फाउण्डेसनले ४०औँ स्थापना दिवस मनाउँदै
+
-

काठमाडौँ-आई केयर फाउण्डेसनले बुधबार ४० औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा पोखरामा एक कार्यक्रम गर्ने तयारी भएको फाउण्डेसनका नेपाल निर्देशक अनिल गोर्खालीले जानकारी दिए। आई केयर फाउण्डेसनको स्थापना सन् १९८४ मा नेदरल्याण्डमा भएको हो।

फाउण्डेसनले नेपालसँगै भियतनाम,लाओस, कम्बोडिया,तान्जनिया रुवान्डा लगायतका मुलुकमा काम गर्दै आएको छ। फाउण्डेसनको आर्थिक व्यवस्थापन र नेपाल नेत्र ज्योति संघसँगको सहकार्यमा सन् १९८३ मा पोखरामा हिमालय आँखा अस्पताल स्थापना गरिएको छ।

हिमालय आँखा अस्पताल पोखराको एक उत्कृष्ट आँखा अस्पताल मात्र नभई सिटीइभिटीको सम्वन्धनमा नेत्र सहायकको कोर्षको अध्यापन पनि हुँदै आएको छ। यस्तै पोखरा युनिभर्सिटी अन्र्तगत व्याचरल इन अप्टोमेट्री (४ बर्षे कोर्ष) र पोखरा युनिभर्सिटी अन्र्तगत मास्टर इन अप्टोमेट्री (२ बर्षे कोर्ष)को अध्यापन हुने आइ केयर फाउण्डेसनका नेपाल निर्देशक गोर्खालीले देश सञ्चारसँग बताए।

मास्टर्सको अध्यापन हुने पोखरास्थित हिमालय आँखा अस्पताल मुलुककै एक मात्रै अस्पताल रहेको गोर्खालीले जानकारी दिए। नेपालमा आँखा सेवा विस्तारको क्रममा झापामा मेची आँखा अस्पताल संघसँगको सहकार्यमा मेची आँखा अस्पताल सन् १९९६ मा स्थापना गरी संचालन हुँदै आएको छ।

मेची आँखा अस्पतालले नेपालका पूर्वी भेगका जनताका साथ साथै छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट समेत सेवा लिँदै आएका छन्। यस्तै आई केयर फाउण्डेसनको आर्थिक सहयोगमा हालै बागलुङमा आँखा उपचार केन्द्रलाई स्तर उन्नति गरी धौलागिरी आँखा अस्पतालको रुपमा सेवा प्रदान हुँदै आएको गोर्खालीको भनाई छ।

यस्तै जुम्ला, लमजुङ, गोरखा र स्याङजामा समेत मोतियाविन्दुको सल्यक्रिया गर्नको लागि आवश्यक उपकरण तथा औजार प्रदान गरी मोतियाबिन्दुको सल्यक्रिया सेवा मासिक तथा त्रैमासिक रुपमा संचालन हुँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?