देश सञ्चार चौतारी भाग-५९

‘बच्चै नजन्माएर पनि धेरै सन्तानकी आमा भएँ’

+
-

पाँच दशकदेखि कला क्षेत्रमा सक्रिय चरित्र अभिनेत्री मिथिला शर्मा जीवन्त अभिनयका लागि परिचित छिन्। करिब तीन दशकभन्दा बढी चलचित्र क्षेत्रमै बिताइन्। देश सञ्चार चौतारीको यस अंकका लागि हामी देशसञ्चार सहकर्मीले शर्मासँग कुराकानी गरेका छौँ।

दृृष्यमा नेपालका सबै अभिनेता र अभिनेत्रीको आमाको भूमिकाका देखापरेकी शर्मा आमाको महिमालाई शब्दमा उच्चारण गर्न नसकिने बताउँछिन्।

‘शब्द नै छैन। आमा अस्तित्व हो। कुनै पनि प्राणीको जननी हो,’ उनी भन्छिन्, ‘सन्तान जन्माएर पनि म धेरै सन्तानको आमा हुन पाएँ।’

पचासको दशकमा हुने आमाको संघर्ष र अहिलेको आमाले गर्ने संघर्षमा धेरै अन्तर आएको बताउँछिन् उनी। पहिलेको आमाले सन्तानका लागि सही मार्ग देखाउन गरेको संघर्ष नै पर्याप्त हुन्थ्यो। आमाहरुले हुर्काएर पढाएर अगाडि पठाइएका सन्तानले देशलाई हाँकिरहेका छन्। आमा सन्तानका खातिर निश्वार्थ हुन्छिन्। ती आमाहरुले मेटिएर दुःख गर्थे। साह्रै संघर्षशिल थिइन्।

‘हिजोको आमा दुःखलाई आत्मसाथ गर्न बाध्य थिए। दुःखलाई भाग्य सम्झिन्थे,’ उनी भन्छिन्, ‘अहिलेको आमाहरु दुःखसँग सामना गर्न तयार छन्। उनीहरु चेतनशील छन् र आफ्नो हकहितका लागि बोल्न सक्छन्।’

समाजमा आमासँग नजिक भएको करुण रस हो। करुणाले आमा भरिएकी हुन्छिन्। शर्मा भन्छिन्, ‘आमा जहिल्यै रुन्छिन् भन्ने भाष्य बदलिन लागेको समाजमा छौँ। अहिलेका आमा आत्मनिर्भर छन्। जागिर गर्छन्। आफ्नो खुसी खोज्न आफै संघर्ष गर्छन्।’

नृत्य क्षेत्रलाई पनि सँगसँगै अगाडि बढाइरहेकी शर्माले पहिलो पटक २०३० साल पुष १४ गते महेन्द्र पुलिस क्लबमा ‘स्टेज डान्स’ गरेकी थिइन्। राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा गरेको नृत्यले उनलाई यहाँ पुर्‍यायो। दश वर्षमा गरेको नृत्यले उनलाई शिक्षक पनि बनायो। नृत्य गुरुआमा।

चार जनामध्ये सबैभन्दा कमजोर नृत्य गर्ने शर्मा अहिले धेरैको प्रिय कलाकार भएकी छन्। उनले गरेको प्रयासले सधैँ अगाडि बढायो। भृकुटीमण्डप प्रदर्शनी मार्गमा हिँड्दाहिँड्दै पनि उनी धेरैपटक नाचिन्।

‘एकदिन भृकुटीमण्डप हुँदै हिँड्दा नाचेछु। अचानक कसैले सम्झाए– ए नानी बाटोमा नाच्दै हिँड्नु हुँदैन,’ उनले ती दिन स्मरण गरिन्।

एउटा कलाकार त्यतिखेर सफल हुन सक्छन् जतिखेर संगत असल गुरुसँग हुन्छ। शर्मा यो कुरालाई स्वीकार्छिन्। गोपाल योञ्जन, राजपाल थापा र चेतन कार्कीजस्ता स्रष्टाको सानिध्य नपाएको भए आज यहाँसम्म नपुग्ने उनको भनाइ छ। भन्छिन्, ‘मेरो जीवनका ब्रह्मा, विष्णु, महेश्वरका रुपमा लिन्छु गोपाल योञ्जन, राजपाल थापा र चेतन कार्कीलाई। उहाँहरुको चेली हुन नपाएको भए यो क्षेत्रमा आजसम्म टिक्थिनँ हुँला।’

अभिनय यात्रामा लागेर सबै खुशी बटुल्न सकेको बताउँछिन् शर्मा। अभिनयमा लागेर कुनै कुरा गुमाउन नपरेको शर्मा भन्छिन्, ‘मैले धेरैथोक पाएको छ। गुमाएको खासै याद छैन।’

२०५० सालमा प्रदर्शनमा आएको फिल्म ‘दिदी’ आफ्नो अभिनय करियरको पहिलो टर्निङ पोइन्ट ठान्ने शर्मालाई त्यो समय ‘दिदी’ नै सम्बोधन गर्थे। तर पछिल्लो समय उनलाई आमा मान्छन्। आमाको रुपमा हेर्छन्।

वि.सं. २०४२ सालमा चेतन कार्कीको निर्देशन रहेको फिल्म ‘विश्वास’बाट फिल्म अभिनयमा भित्रिएकी मिथिलाको शिव रेग्मी निर्देशित फिल्म ‘सुख–दुःख’को भूमिकाको छाप दर्शकमा अझै पनि छ।

आमाको भूमिकामा धेरै रोइन्। आँशु बगाइन्। दर्शकको मन जितिन्। ‘रिल’मा उनको आँशुसँग गहिरो सम्बन्ध छ । तर ‘रियल’ लाइफमा खासै रुन नपरेको बताउँछिन्। ‘मैले खासै रुन परेको छैन। स्वयम् मिथिला शर्मा एकदमै कम रोएकी मान्छे हो। मलाई चिन्नेहरु भन्छन्– तँलाई रुवाउन त एक्सन नै भन्नुपर्छ,’ उनले भनिन्।

जन्मदिने आमासँग खासै नजिक भएको उनलाई सम्झना छैन तर अहिले पनि उनी दिदीलाई आमा मान्दै आएको बताउँछिन्, ‘मेरो आमा भने पनि जे भने पनि दिदी हो।’

चाडपर्वमा आमा खोजेको उनलाई याद छैन। आमा त उनको हृदयले सधैँ खोजिरह्यो। आमासँग धेरै समय बिताउन पाइनन्। उनी भन्छिन्,’आमा खोज्न चाडपर्व चाहिन्छ जस्तो लाग्दैन। आमालाई खोजेर नथाक्ने मन छ।’

दीपेन्द्र. के खनालको निर्देशन रहेको फिल्म ‘आमा’मा उनले आमाकै भूमिका गरेकी थिइन् र दर्शकको मन जितिन्।

रंगमञ्च हुँदै चलचित्रमा जमेकी शर्माले लामो समय अध्यापन कर्ममा पनि रहिन्। बालबालिकालाई पढाउने नचाउने गरिन्। तर पहिले—पहिले बच्चाबच्चीलाई नचाउन गाह्रो भएको अनुभव सुनाउँछिन्, ‘पहिला छोराछोरी नाचे भने बिग्रिएको ठान्थे। पढ्नमा ध्यान दिइन भन्थे। स्कुलमा हुने कार्यक्रममा नाचगानमा भाग लिन नदिने अभिभावक नै हुन्थे। तर अहिले त्यस्तो छैन। बोर्डिङदेखि सरकारी स्कुलमा पढ्ने विद्यार्थीका अभिभावकहरु आफ्ना बच्चाहरु थप गतिविधिमा क्रियाशिल होस् भन्ने भए।’

निलम कार्की ‘निहारिका’ले लेखेको र मदन पुरस्कारप्राप्त कृति ‘योगमाया’को जीवनमा आधारित उपन्यास ‘योगमाया’माथि बनेको नाटकमा पनि शर्मा शीर्ष भूमिकामा थिइन्।

गीत संगीत पहिलेको तुलनामा धेरै कमजोर भएको बुझाइ छ उनको। उनी भन्छिन्, ‘श्रृंगार रसको चरम दुरुपयोग भएको समय हो, यो।’

शर्मा पारिश्रमिक धेरै लिने निर्मताले पैसा दिन झुलाउने गरेको सुने पनि आफूले त्यसखालको दुःख नभोगेको बताउँछिन्। कलाकारितामा लागेर जीवनभरिलाई सम्पत्ति पुग्छ भन्नेहरु औंलामा गन्न सकिने बताउँछिन्, ‘४–५ जना होलान् जो यसै क्षेत्रमा लागेर घर बनाउँछन्। सम्पत्ति जोड्छन्। बाँकी त भावनाले टिकेका छन्। मनैदेखि लागेकाले नै मनोरञ्जन क्षेत्र यहाँसम्म आइपुगेको हो।’

ठूलै भावना लिएर आउनेहरुले मनोरञ्जन क्षेत्रलाई आजसम्म टिकाइराखेको दावी गर्छिन्, ‘यो क्षेत्र भावनाले चलेको हो।’

बजार सानो भएकाले बनेका सबै चलचित्र चल्दैनन्। तर पछिल्लो समय सिनेमा हलबाहेक अन्य प्लेटफर्ममार्फत बजारमा ल्याउन सकिने भएकाले सहज भएको सुनाउँछिन्, ‘कुनै समय हलल पर्खिनु पर्थ्यो। कम हल भएकाले महिनौ फिल्म चल्थ्यो। तर अहिले युट्युब छ। मोबाइल छ। धेरै माध्यमहरु छन्।’

आमाको भूमिकामा धेरै रोएकी शर्मा आफ्नौ फिल्म हेरेर खासैको रोएको याद छैन। बरु फिल्म हेरिसकेर कस्तो आफ्नो कमजोरीमाथि धेरैपटक थकथकी मानेको सम्झिइन्, ‘फिल्म हेरेर खासै रोइनँ। बरु यस्तो गर्न पाए हुन्थ्यो भन्ने हुँदो रहेछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?