तीर्थयात्री लिएर भारत गएको बस दुर्घटना, बिर्तामोडका एक पुरुषको मृत्यु

तीर्थयात्री लिएर भारत गएको बस दुर्घटना, बिर्तामोडका एक पुरुषको मृत्यु
+
-

झापा- तीर्थयात्रीहरूको टोली लिएर भारतको मथुरा गएका झापा बिर्तामोडका एक व्यक्तिको सवारी दुर्घटनामा मृत्यु भएको छ।

उनी प्रदेश नं १–४१५२ ख नं को मातृभाग्य रेखा बसका स्टाफ हुन्।

करिब २६ जनाको तीर्थयात्रीको टोली लिएर धर्मेन्द्र भुजेल भदौ ४ गते चारधाम यात्राको लागि गएका थिए। भदौ १० गते राति ९ बजे भुजेल दुर्घटनामा परेको जनाइएको छ।

बस बिर्तामोडको भए पनि तीर्थयात्रीहरू सुनसरी भारदहको भएको बताइएको छ। गाडी पार्किङ गर्नेक्रममा आफ्नो बसको ढोकाबाट उत्रिने बेलामा उनलाई पछाडिबाट लरीले ठक्कर दिएको जनाइएकाे छ।

दुर्घटनापछि भुजेलसँगै गएका बस मालिकलाई भारतीय प्रहरीले पक्राउ गरेको बताइएको छ।

सो घटनापछि तीर्थयात्रीहरू अलपत्र परेको बताइएको छ। मृतकको शव आज घर आइपुग्ने छिमेकीले जानकारी दिए।

बस मथुरामा दुर्घटनामा परेको र तीर्थयात्रीहरू अलपत्र परेको विषयमा बुझ्ने प्रयास भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।‍

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?