
झापा – पाँचथरको फालेलुङ ५ मा विष्फोट हुँदा तीनजना बालबालिका घाइते भएका छन्।
घाइते हुनेमा स्थानीय ११ वर्षीय छोरा दिप्सन साँवा, उनकी बहिनी अढाइ वर्षकी छोरी प्रिन्सा साँवा र ९ वर्षीय पवन राई रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटना दिँउसो साढे दुई बजे भएको प्रहरीले जनाएको छ।
बालबालिका खेलिरहेका बेला ठूलो आवाजमा केही पड्किएको सुनेपछि भेला भएका स्थानीयले घाइते अवस्थामा भेटेका थिए ।
घाइतेमध्ये पवन राईको अवस्था सामान्य छ । खेलिरहेका बखत भेटेको फुटवल जस्तो देखिने बस्तु पड्केको घाइते राईले बताए ।
साँवा दाजुबहिनीलाई झापा रेफर गरिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।