
काठमाडौं- पेरिसमा जारी पारा ओलम्पिक प्रतियोगितामा नेपालकी पलेशा गोबर्धन एतिहासिक काश्य नजिक पुगेकी छिन्। रिपाचेजको पहिलो खेलमा उनले फ्रान्सकी सोफी काभरजानलाई पराजित गर्दै काश्य नजिक पुगेकी हुन्।
के-४४ क्याटगोरीको महिला ५७ केजी तौलमुनि पहिलो रिपाचेजमा पलेशाले फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरिन्। यो सँगै पलेशस अब कास्य पदकभन्दा एक जित टाढा छिन्।
यसअघि सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भएकी थिइन्। आजै उनले आफ्नो पहिलो खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरमा पराजित गर्न सफल भएकी थिइन्।
दोस्रो पटक पारा ओलम्पिकमा प्रतिस्पर्धा गरीरहेकी पलेशा गत संस्करण भने कास्य पदक बाट चुकेकी थिइन्। उनले टोकियो ओलम्पिक्समा दुई बाउट जितेकी थिइन्। अहिले पेरिसमा पनि दुई बाउट जितिसकेकी छिन्।
ओलम्पिक प्रतियोगितामा चार खेल जित्ने उनी पहिलो नेपाली खेलाडी हुन। ओलम्पिक इतिहासमा अहिले सम्म कुनैपनि खेलाडीले पदक जित्न सकेका छैनन्। केहि बेरमा पलेशाले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछिन्।